विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

 

साउन २७ झापा। झापाको बिर्तामोड नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको छ । सोमबार बिहान करिब ४ः३० बजेको समयमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अज्ञात समूहले गराएको बम विस्फोटका कारण कार्यालय भवनको झ्याल फेटेको छ भने कोठभित्रका सामानहरु छरपस्ट भएको छ । 

बिस्फोट कस्ले र किन गरायो भन्ने एकिन हुन नसके पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले विस्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाको विस्तृत विवरण आउन बाँकी नै रहेको छ । घटनाका विषयमा अनुसन्धान भइरको झापाका प्रहरी प्रवक्ता डीएपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

null

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेशराज मैनालीसहितको टोली घटनास्थल पुगिसकेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *