पौडी खेल्ने हुँदा डुबेर बालकको ज्यान गयाे

 

साउन १७, सुनसरी । सुनसरीमा एक १३ वर्षिय बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । 

पानीमा डुबेर बेहोस भएको उक्त बालकको उपचारको लागि जिल्ला अस्पताल इनरुवा पुर्‍याउँदा मृत्यु भई सकेको थियो । 

null

मृत्यु हुनेमा सुनसरीको ईनरुवा नगरपालिका ७ बर्छवा बस्ने १३ बर्षीय अर्पण खबास रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शुक्रबार दिउँसो १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने गएका खवारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *