यस्ता मानिसलाई हुन्छ मुखको क्यान्सर, यी हुन् लक्षण

काठमाडौं, २० साउन । मुखको क्यान्सर महिलाका तुलनामा पुरुषमा धेरै भेटिन्छ । विशेषगरी ४० वर्ष माथिका पुरुष मुखको क्यान्सरबाट बढी प्रभावित भएको पाइन्छ।
यस विषयमा आजको नयाँ पत्रिकामा क्यान्सर रोग विशेषज्ञ रश्मी पुन गुरुङले जानकारी पस्केकी छन्।
null
कारण -निकोटिनयुक्त पदार्थ सेवन मुखको क्यान्सर हुने प्रमुख कारण हो। वयस्क पुरुषमा यसको जोखिम बढी हुनुमा धूमपान र सुर्तीजनय पदार्थ सेवनले मुख्य भूमिका खेलिरहेको हुन्छ। यसबाहेक वंशाणुगत गुणका कारण पनि कतिपयमा क्यान्सरको सम्भावना रहन्छ। तर यो एकदमै थोरै मानिसमा मात्र हुने गर्छ।
-अत्यधिक रक्सी खाने मानिसमा मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ। रोगप्रतिरोधी क्षमता कमजोर भएकामा पनि यो समस्या हुने गर्छ।
-भाइरसको संक्रमबाट समेत मुखको क्यान्सर हुन्छ। एचपीबी १६ नामक भाइरसको संक्रमणका कारण क्यान्सर हुन्छ। शरीरमा पोषणको कमीबाट क्यान्सर हुने अवस्था सिर्जना हुन्छ। साथै अल्ट्राभाइलेट रे, आयोनाइजिङ विकिरण, एक्सरे र सूर्यको प्रकाशले पनि छाला तथा ओठमा क्यान्सर गराउन सक्छ।
लक्षण-मुखमा कुनै प्रकारको अल्सर वा घाउ तीन हप्ताभन्दा बढी समयसम्म निको नभएमा, मुखेको कुनै भागमा मासु पलाएमा वा आकार बिस्तारै बढ्दै गएमा, बिनाकारण दाँत हल्लिएमा, दाँत निकालेको ठाउँमा एक्कासि मासु पलाउन थालेमा तथा घाँटीमा गिर्खा देखिएमा त्यो मुखको क्यान्सर हुनसक्छ। तर घाउ र गिर्खा हेरेर मात्र क्यान्सर भएको यकिन गर्न सकिँदैन। यसका लागि बायोप्सी अर्थात् मासुको जाँच गर्नुपर्छ।
-मुख र गिजामा घाउ भएर रक्तश्राव हुने, खाना खान अप्ठेरो हुने, कमजोरीपन बढ्दै जाने र रक्तअल्पता हुनेजस्ता लक्षण देखिन्छन्।









