किशोरी अपहरणमा संलग्न पक्राउ

 

साउन २७, विराटनगर । मोरङको सुनबर्षी नगरपालिकाकी एक किशोरीको अपहरणमा संलग्न मध्ये की एक महिलालाई रंगेली प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

गत फागुन २ गते राति सुनबर्षी नगरपालिकाकी १५ वर्षीया किशोरी राति २ बजे घरबाटै अपहरणमा परेकी थिइन । अपहरणपछि रंगेली प्रहरीले पिडितको जाहेरीका आधारमा अपहरण तथा शरिर बन्धक र जवरजस्ती करणी गरेको विषयमा अनुसन्धान थालेको थियोे । अनुसन्धानकै क्रममा किशोरीलाई अपहरण मुक्त गर्न सफल भएको प्रहरीले जनाएको छ । 

null

पिडितको उजुरीका आधारमा प्रतिवादी मध्येकी ३६ वर्षकी गिता रिसिदेवलाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । अनुसन्धानका क्रममा नौ जनाको समूह मिलेर ती किशोरीलाई भारतको विभिन्न शहरमा लगि करणी गरेको,३ सय जना सम्मलाई खुवाउनका लागि रोटी बनाउन लगाउने गरेको खुलेको छ । 

यस्तै शरीरको बिभिन्न भागमा तातो पुन्युुुुले डाम्ने काम गरेको समेत पिडित किशोरीले बताएकी छिन । पिडित किशोरीकी हजुरआमाका अनुसार नातिनीलाई ५ महिना पछि भारतीय प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा भारतको पञ्जाबबाट उद्दार गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *