सुतेकै अवस्थामा पहिराेले पुरिएर मृत्यु

भाद्र ५, पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ। 

बुधबार राति आएको वर्षाका कारण पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।  

ओछ्यानामा सुतेकै अवस्थामा पहिरोले पुरिएको पाइएको थियो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइँदैछ । रेमबहादुरकी श्रीमती छोरी भेट्न घरबाहिर गएकी थिइन् ।  

Image result for पहिराेले पुरिएर मृत्यु

वर्षा भइरहेका बेला घरभन्दा माथि रहेका सिँचाई कुलोमा अत्याधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान छ । पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ । चालिसेका दुई छोरा र चार छोरी छन् । रासस 

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *