किरण कुमार राईले किन छाडे विप्लवलाई !

 

साउन २९, धरान । धरानका प्रभावशाली नेता तथा पहिलो संविधान सभाका सभासद किरण कुमार राईलाई नेकपाका नेताहरुले पुरानै पार्टीमा फर्काउन सफल भएका छन् । हाल देशमा प्रतिवन्धित राजनीतिक दल नेकपा विप्लव समुहका केन्द्रिय सदस्य तथा पुर्वी व्युरो ईन्चार्ज समेत रहेका राईलाई विगत एक वर्षदेखि सरकारले पटक–पटक समातेर मुद्दा लगाउँदै आएको थियो । 

जनयुद्धका वेला पटक–पटक घाईते भएर जिउ भरी बमका छर्रा बोकेर हिँडिरहेका राई गत संसदिय निर्वाचनताका बेलवारीमा मोटरसाईकल दुर्घटनामा परेर एक हप्ता आईसीयुमा बस्नु परेको थियो । उनी त्यसपछि स्वस्थ भएपनि नेकपा विप्लप समुहबाट पार्टीकै सहमतीमा पार्टी परित्याग गरी घरमा बस्दै आएका थिए । 

null

‘केहि समय आराम गर्न घरैमा बसी सानोतिनो कृषि पेशा गरौं भनेको थिए तर, नेकपाका मेरा पुराना शुभेच्छुक प्रचण्ड, वादल, समर जस्ता नेता, कार्यकर्ता साथीहरुले बस्न दिनुभएन ।’ उनले भने–‘राजनीतिक खेलाडिले त्यसै बस्न हुँदैन भनेपछि नेकपामा प्रवेश गरेको हुँ ।’ राईले आफुले साथीहरुलाई स्पष्टका साथ केन्द्रिय राजनीति भन्दा स्थानीय विकासका कामको जिम्मेवारी दिन भनेको बताए । आफनै क्षेत्रमा बसेर केहि नमुना काम गर्न चाहने राईले अब स्थानीय निकायलाई सबै कुराबाट बलियो र संवृद्ध बनाउनु पर्ने बताए । 

जनयुद्धको बेला जनमुक्ति सेनाका व्रिगेडिर भएर विभिन्न स्थानमा युद्धको मोर्चा सम्हालेका राई पहिलो संविधान सभाको निर्वाचनमा सुनसरी क्षेत्र न १ बाट तत्कालिन नेकपा एमालेका उम्मेदवार मनोजकुमार मेन्याङवोलाई पराजित गरेका थिए । 

ईमान्दार र राम्रो बोलीका कारण सबै तिरबाट लोकप्रिय छवि बनाएका राईलाई नेकपा प्रवेश सँगै आगामी मसिर ४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको नगर प्रमुखको पदमा उठाउन पाए सबै पार्टी र जनताको साझा उम्मेद्धवारको रुपमा विजयी बनाउने व्यापक चर्चा शुरु भएको छ । 

राईले संविधानसभा सदस्य हुँदा धरानको विकासमा सहयोग पुग्ने धरान भित्र ४ वटा ठुला पुल, सडक, हालको एशियाली विकास बैंकको लगानीमा निर्माणाधिन खानेपानी आयोजना लगायत ल्याउन सफल भएका थिए । 

उनलाई धरानको भावी मेयर बनाउने चर्चा सुनेर संघिय समाजवादी पार्टीका नेता तथा धरानका पुर्वनगरप्रमुख ध्यान वबादुर राई उत्साहित हुँदै भन्छन ‘यदि किरण राई जस्तो ईमान्दार मेयरमा आए राम्रै हुन्थ्यो, धरानलाई अब ईमान्दार र ठोस निर्णय गर्न सक्ने साझा नेताको आवश्यकता छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *