कोशी अस्पतालमा नयाँ मेसुले पदभार सम्हाले

भदौ १, विराटनगर ।  विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसुले पदभार सम्हालेका छन् ।  

डाक्टर गुणराज लोहनीले आइतबारदेखी पदभार सम्हालेका हुन् । कोशी अस्पतालको मेसु भएलगतै उहाँले संघीय, स्थानीय र प्रदेश सरकार तिनवटै तहसँग मिलेर अस्पतालको विकासमा लाग्ने बताए ।   

उनले  अहिले अस्पतालमा भएका समस्याहरु बुझ्ने काम भैरहेको भन्दै समस्यालाई समाधान गर्न आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे । डाक्टर लोहनी यसअघि स्वास्थ्य विभागमा महानिर्देशकको जिम्मेवारीमा थिए । अस्पतालले जनशक्ति, बिजुली, खानेपानी, फोहरमैला व्यवस्थापन लगायतका विभिन्न समस्या झेल्दै आएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *