झापामा फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेन, झुल टाँगेर उपचार

साउन ३१, झापा । झापाको दमकमा तीन महीनाअघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ । 

दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन् । 

डेङ्गुको सङ्क्रमणले महामारीको रुप लिएपछि अहिले बिरामीलाई अस्पताल भित्र झुल टाँगेर राखिएको छ । लामखुट्टेबाट जोगाउन बिरामीलाई झुल टाँगेर उपचार शुरु गरिएको लाइफलाइन अस्पतालमा कार्यरत डा खुश्वु प्रियाले बताइन् । 

null

डा.प्रियाले दमक आसपासको क्षेत्रमा यो रोगको सङ्क्रमण ज्यादै फैलिएकाले सबैलाई सचेत रहन आग्रह गरिन् । तीन वर्षअघि पनि दमक क्षेत्रमा डेङ्गु रोग देखापरेको थियो । 

डेङ्गु रोग फैलिएपछि दमक नगरपालिकाले दमक अस्पतालमा आएका सबै बिरामीको निःशुल्क उपचार गराउँदै आएको छ । निजी अस्पतामा पनि सङ्क्रमितको निःशुल्क उपचारको पहल गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताइन् । 

नगरपालिकाले प्रदेश सरकारसँग डेङ्गु रोग नियन्त्रणका लागि आवश्यक पहलको माग गरेको छ । अहिले दमक अस्पतालमा २४, एडभान्समा ३४, आम्दामा ३१ र लाइफलाइनमा ३१ डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *