सरकारले बाढी, पहिरो पीडितलाई राहतको विशेष प्याकेज घोषणा गर्छः महेश बस्नेत

 

असार २८, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सरकारले बाढी, पहिरो पीडितलाई आजै राहतको प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले केन्द्रिय राहत व्यवस्थापन समितिको बैठक जारी छ । सरकारले पीडितहरुलाई विशेष राहतको घोषणा गर्छ ।’ 

null

सरकारले उद्धार तथा राहतको लागि हेलिकप्टर पनि तैनाथ (स्ट्याण्डवाई) राखेको जनाउँदै बस्नेतले भने,‘सरकारले त्रिपाल, खाद्य सामाग्री, पानीको उचित व्यवस्थालगायत सबै तयारी अवस्थामा राखेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत सबै तयारी अवस्थामा छन् ।’ उनले आवश्यक सबै सुरक्षा निकायलाई परिचालन गर्ने जनाए । 

उनले भक्तपुरमा यो वर्ष हनुमन्ते खोलाको बाढीले विगत जस्तो ठूलो क्षति नपुर्याएको दाबी गरे । उनले आफूहरुले बाढी व्यवस्थापनको लागि योजना बनाएर काम गरेकोले यो वर्ष त्यस्तो ठूलो क्षति नभएको स्पष्ट पारे । 

उनले भने,‘अघिल्लो वर्ष ११३ मिलिलिटर पानी पर्दा पनि क्षति भएको थियो, तर यो वर्ष १३२ मिलिलिटर पानी पर्दापनि ठूलो क्षति भएको छैन् । भक्तपुरमा अहिले खास क्षति र डुवान छैन् ।’ 

सरकारले खोला तथा नदिको छेउमा तटबन्ध निर्माण गरेको र पानीको बहाव नियन्त्रण गर्ने काम पनि गरेको सुनाए । बाढि तथा पहिरोका कारण अवरुद्ध रहेका सबै सडक तथा राजमार्गहरु सुचारु गर्ने काम पनि तिव्र गतिमा भैरहेको उनले सुनाए । 

अहिले सबै नेपालीहरुले बाढि, पहिरोमा परेका पीडितहरुलाई उद्धार तथा राहत गर्नुपर्ने बेला भएकोले सोही अनुसार सबै दलले आफ्ना नेता तथा कार्यकर्ता परिचालन गर्नुपर्ने बस्नेतको भनाई छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *