शिक्षामा अर्बौं लगानी भन्दा पनि ठूला प्रेरणा: शान्ता र करिष्मा

असार २०, असार । यसवर्षको एसईईमा परीक्षार्थी शान्ता चौधरी र करिष्मा मानन्धर सर्वाधिक चर्चामा रहे । अर्काको घरमा काम गर्न बस्ने कमलरी पृष्ठभूमिबाट आएकी शान्ता र नेपाली सिने जगतमा रााम्रो छवि बनाएकी नायिका करिष्माले यसै बर्ष एसईईमा राम्रो अंङकसहित उत्तिर्ण भए । 

कमलरी देखिभूमि अधिकारको अभियान्ता हुँदै राजनीतिमा आएकी शान्ता छोरीसँगै एसईई परीक्षामा सामेल भएकी थिइन् । उता चलचित्रमा काम गरिरहँदा पढाईको कत्ति पनि आवस्यकता महसुस नभएको करिष्मालाई भने राजनीतिमा लागेपछि पढाईको आवश्यकता महशुस भयो । 

शान्ता र करिष्माको एसईई सहभागिता पढ्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण पनि थियो । उनीहरुले यो उमेरमा पढ्मा देखाएको रुचि साक्षरताका लागि राज्यले गरेको अर्बौं लगानीभन्दा पनि ठूलो सन्देश भएको धेरैले विश्लेषण गरेका छन् । 

null

 

बाधाईलाई प्रेरणाको रपमा लिएको छु : शान्ता 

‘पास भएपछि धैरै बधाई आईरहेको छ, यसलाई प्रेरणाको रूपमा लिएकी छु,’ शान्ताले एसईई उत्तिर्ण भएपछि भनिन, ‘यो हौसलालाई सार्थकतामा रूपान्तरण गर्ने चुनौती पनि छ ।’ एसईईमा २ दशमलव ६५ जीपीए ल्याएर उत्तीर्ण शान्ताका लागि काठमाडौंका नाम चलेका प्लसटूहरूले निःशुल्क पढ्न अफर गरेका छन् । 

कानून वा राजनीतिशास्त्र पढ्ने रुचि राखेकी उनले भने निजीमा ती विषयमा पढाई नहुँदा सरकारी कलेज पढ्ने मनस्थिती बनाएकी छिन् । शान्ता भन्छिन् ‘मेरो रुचि कानून पढ्ने छ, त्यो नभए राजनीतिशास्त्र पढ्छु ।’ 

भेटघाट र फोनमार्फत धेरे भन्दा धेरै बधाई पाएका चोधरी र मानन्धरले संसद्मा पनि बधाई पाए । एसईईको नतिजा आएपछि शान्तालाई प्रधामनन्त्री केपी शर्मा ओलीदेखि मन्त्री र अन्य राजनीतिक दलका नेताहरूले फोन गरेर बधाई दिएका थिए । प्रतिनिधि सभाको बैठकमा नेकपाका सांसद विशाल भट्टराईले ‘यसै प्रतिनिधि सभाका माननीय शान्ता चौधरी र नेपालकी स्थापित नायिका करिश्मा मानन्धरले पनि राम्रो अंकसहित एसईईमा उत्तीर्ण हुनुभएकोमा बधाई दिन चाहन्छु,’ भन्दै बधाई दिएका थिए । 

आफुलाई बधाई दिनेलाई शान्ताले संसदबाटै धन्यवाद ज्ञापन गरिन् । साथै उनले आफूसँगै एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई पनि दिइन् । 

 

लक्ष्य लिएपछि असम्भव भन्ने के नै हुन्छ : करिष्मा मानन्धर 

यसैपटक एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्धर तीन जीपीए नम्बरसहित उत्तीर्ण भएकी हुन् । एसईईको तयारीका लागि विध्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन् । 

तीन दशक अघि करिष्माले कक्षा ७ पढ्दापढ्दै पढाइ बीचैमा छोडेर सिने क्षेत्रमा लागेकी थिइन् । उनी चलचित्र क्षेत्रमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थालेपछि उनले पढाइ बिर्सिइन् र चलचित्र क्षेत्रमा नै रमाउन थालिन् । 

चलचित्रमा काम गरिरहँदा उनलाई पढाइको कत्ति पनि आवस्यकता महसुस भएन । उनी सुन्दर, सफल र कुशल अभिनेत्रीको नामले सबै माझ परिचित बन्दै गइन् । उनी लामो समय अमेरिका बसिन् । अमेरिकामा रहँदा सम्मपनि उनलाई पढाईले बाधा गरेको थिएन । अमेरिकाको लामो बसाइपछि करिश्मा नेपाल फर्किइन् ।  

नेपाल फर्किएपछि भने करिश्मा राजनितिमा लागिन् । त्यसपछि भने उनलाई पढाइको अभाव खड्किन थाल्यो । पढाइलाई उमेरले छेक्दैन भने जस्तै उनलाई पनि उमेरले रोकेन । करिश्माले कक्षा ८ बाट आफ्नो अध्ययनलाई फेरी अघि बढाइन् । एसईईकै लागि उनले निकै मेहेनत गरेकी थिइन् । विद्यालय भर्ना भएको सुरुवाति दिन करिष्माको लागि सहज थिएनन् । 

आफ्ना छोरी समान साथीहरुसँगै बसेर पढ्नु पर्दा उनीहरुसँग घुलमिल हुन निकै गाह्रो भयो । सबै जनाले धेरैबेर हेरिरहन्थे । तर, बिस्तारै उनले सबै कुरा स्वीकारिन् । त्यसकै परिणमा स्वरुप उनले राम्रो अंक ल्याएर एसइइ पास गरेकि छिन् । ‘लक्ष्य लिए पछि असम्भव भन्ने के नै हुन्छ र’ करिश्मा भन्छिन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *