नदी किनारका बालीनाली असार २८ भित्रै थन्काउनु पर्ने सरकारले सूचना

 

असार २१, काठमाडौँ । खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्नु पर्ने सरकारले अनुरोध गर्दै सूचना जारी गरेको छ । 

एक हप्ता सम्म प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने भएकोले सरकारले यस्तो सूचना जारी गरेको हो । 

null

शनिबार सूचना जारी गर्दै ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तटिय क्षेत्रमा रहेका कृषि उपज संभव भएसम्म यही असार २८ गतेभित्र थन्क्याउन तथा तटिय क्षेत्रमा गर्नुपर्ने निर्माणको कार्यमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

आज,भोली र पर्सी प्रमूख र मझौला नदीमा बाढीको जोखिम न्यून हुने र डडेलधुरा, डोटी,कैलाली, कञ्चनपुर, वर्दिया,बाँके,दाङ, सुर्खेत ,दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुका सम्म बहाव उच्च हुने भएको तथा केहीमा आकस्मिक बाढी जान सक्ने हुँदा बर्षा हुँदा सतर्क अपनाउन भनिएको छ । 

शनिबार देशभर मौसम बदली भई पश्चिम र पूर्वी भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम विज्ञान विभागले अनुमान गरेको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *