‘डुबानपीडित जनता पानी कहिले सुक्ला र घर जाउँला भनेर बसेका छन्, सरकार पुगेकै छैन’

 

भयावह बाढी पहिरोको मैँले आफैँ गएर रौतहट जिल्ला पुरै घुमेँ । सर्लाही जिल्लामा डुबान थियो, जानै सकिएन त्यसबेला । त्यस्तै सिरहा, सप्तरी र उदयपुरका केही भाग र सुनसरी जिल्ला भ्रमण गरेँ । जनताको दैनिकि नियालेँ । सम्पूर्ण जनताहरु डुबानमा थिए । घरबार बिहीन छन्, अझैपनि । खाद्यान्न समेत पानीमा परेर सडेको छ । नदीको कटानले खेतीयोग्य जमिन पुरै कटानमा पारेको छ । 

त्यहाँ सरकारको राहत पुग्न सकेको छैन । बाढीपीडितलाई खाद्यान्न दिने, लत्ताकपडा दिने, पाल, ओत दिने केही काम पनि सरकारले गरेको देखिएन । केही रेडक्रसले, केही विदेशी संस्थाले, एनजिओ–आइएनजिओहरुले गरेका छन् । सरकारी तहबाट सहयोग भएको कहीँ पनि देखिनँ मैँले । 

null

हेलिकप्टरबाट उद्धार कहाँ हुन्छ ? जुन काम सरकारको हो, त्यसमा सरकार तात्नुपर्ने हो, लाग्नुपर्ने हो । कहीँ पनि लागेको छैन । रौतहटमा यस्तो भयावह स्थिति छ, सर्लाहीमा त जान सकिने अवस्थै छैन । कहीँ पुल, कहीँ तटबन्ध बगाएको छ । कहीँ खेतीयोग्य जमिन कटान भएको छ । बेहाल भएको छ । त्यही डुबानमा बसिरहेका छन् । कमसेकम आफ्ना जनताको अवस्था कस्तो छ भनेर हेर्न त जानुपर्छ नि ! अहँ सरकार पुगेकै छैन । 

सरकार, राज्य भनेको त जनतालाई दुःख परेको बेलामा सहयोग गर्ने हो । केही पनि छैन । पानी कहिले सुक्ला र घर जाउँला भनेर बसिरहेका छन् । खान पाएका छैनन् । खाद्यान्न डुबेर नष्ट भइसकेको छ । 

पहाडमा ठाउँठाउँमा पहिरो गएको छ । आजैपनि पत्रिकामा पढेको थिएँ । कति जनाको ज्यान गइसक्यो । तर सरकारले ध्यान दिएको छैन, आफ्नो दायित्व निभाएको छैन । सहयोग गरेको छैन । वेवास्ता गरेको छ । 

हामी एउटा पार्टीले के गर्ने ? राज्यले त गर्नुपर्यो नि । भारत सरकारसँग पनि कुरा गर्नुपर्ने बेला भइसकेको छ । भारतले नेपाललाई दोष दिने, नेपालले भारतलाई दोष दिने गरेर कति दिनसम्म चल्छ यो ? त्यसकारण कुटनीतिक तवरबाट भारतसँग कुरा गरेर यो समस्या समाधान गर्नुपर्छ । एक अर्कामा दोष मात्रै थुपारेर हुँदैन । स्थायी समाधान निकाल्नु पर्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =