म्यान्चेस्टर युनाइटेडकाे गर्विलो इतिहास

साउन १०। म्यान्चेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको सर्वाधिक सफल क्लब हो । युनाइटेड वा रेड डेभिल्स पनि भनेर चिनिने म्यान्चेस्टर युनाइटेड बेलायतको मात्र नभएर संसारभरका फुटबल समर्थकले चिन्ने गर्विलो इतिहास बोकेको क्लब हो । 

युनाइटेडले सर्वाधिक २० प्रिमियर लिग टाइटल जितेको छ । सन् १९०७–०८ सिजनमा मै पहिलो पटक बेलायतको पहिलो श्रेणी लिग उचालेको युनाइटेडले सन् २०१२–१३ को सिजनमा अन्तिम पटक प्रथम श्रेणीको लिग टाइटल जितेको थियो । 

बेलायतको प्रथम डिभिजन फुटबल लिगलाई प्रिमियर लिग भन्नुपूर्व ७ पल्ट लिग उपाधि उचालेको युनाइटेड प्रिमियर लिगको २७ वर्षे इतिहासमा १३ पल्ट च्याम्पियन बनेको कलब हो । 

null

फर्स्ट डिभिजन लिग प्रिमियर लिग बनेकै वर्ष लिग च्याम्पियन बनेको युनाइटेड त्यसयता २०१२–१३ यता अधिपत्य नै जमायो । 

लिग उपाधिमा युनाइटेडले दुईपल्ट ह्याट्रिक गरेको छ । प्रिमियर लिगको २७ वर्षे इतिहासमा १९ पल्ट शीर्ष दुईमा र २२ पल्ट शीर्ष तीनमा युनाइटेड अटाएको छ । यसअघि ९९ वर्षे फर्स्ट डिभिजन लिगको इतिहासमा २० पल्ट शीर्ष ३ मा अटाएको थियो । 

प्रिमियर लिगको पहिलो ११ वर्ष त प्रिमियर लिगमा युनाइटेडलाई आर्सनलले बाहेक अरुले चुनौती पनि दिन सकेनन् । 

युनाइटेडले २०१३ सम्म प्रिमियर लिगमा छोडेको छापलाई हालसम्म कसैले तोड्न सकेको छैन । बेलायतको शीर्ष लिगमा युनाइटेडलाई पछ्याउने एकमात्र क्लब लिभरपुल भए पनि लिग प्रिमियर लिग भएयता युनाइनेडपछि दोस्रो सफल क्लब चेल्सी हो । चेल्सीले हालसम्म ५ वटा प्रिमियर लिग टाइटल जितेको छ । 

युनाइटेडले प्रिमियर लिगमा मात्र राज जमाएको छैन । कलबले युरोपको शीर्ष लिग भनेर चिनिने च्याम्पिन्स लिग पनि तीनवटा टाइटल जितेको छ । युनाइटेड एफए कपमा भने दोस्रो सफल क्लब हो । सन् १९०९ मा पहिलो पटक एफए कपको उपाधि जितेको युनाइटेडले सन् २०१७ मा एफए कपको अन्तिम उपाधि जितेको थियो । 

युनाइटेडले आर्सनल भन्दा मात्र एक कम एफए टाइटल जितेको छ । आर्सनलले एफ ए कपमा १३ टाइटल जितेको छ । एफ ए कपमा युनाइटेड आठ पटक दोस्रो भएको छ । अन्तिम पटक सन् २०१८ मा युनाइटेड चेल्सीसँग पराजित हुँदै उपाधि होडबाट युनाइटेड बाहिरिएको हो । 

युनाइटेडले सुरुवातकालदेखि नै आफ्नो विशिष्ट परम्परालाई कायम राख्दै आएको छ । इतिहासमा युनाइटेडको प्रतिस्पर्धी क्लब लिभरपुल नै हो । लिभरपुल पनि बेलायती लिगको सफल क्लब भए पनि लिग टाइटलम पछि छ । तर, युरोपियन च्याम्पियनसिपमा टाइटलमा युनाइटेडभन्दा लिभरपुल अघि छ । 

औद्योगिक क्रान्तिले जन्माएको सहर म्यान्चेस्टर 

म्यान्चेस्टर औद्योगिक क्रान्तिको बेलामा सबैभन्दा चाँडै विकास हुने सहरहरुमध्येको एक हो । १९ औं शताब्दिमा सानो सहरको रुपमा चिनिएको म्यानचेस्टर पछि युरोपको ठूलो सहर बन्न पुग्यो । यही सहरको नामबाट बनेको क्लब सन् १८७८ मा ‘न्युटन हेल्थ फुटबल क्लब’को नाममा स्थापित थियो । यो क्बल कामदारहरुले खोलेको क्लब थियो । 

टिमले सन् १८९२ मा पहिलो पटक फुटबल लिग खेलेको थियो । सन् १९०२ मा क्लबको नाम म्यानचेस्टर युनाइटेडमा परिवर्तन गरियो । भर्खरै नाम परिवर्तन भएको क्लबले सन् १९०७–०८ मा लिग टाइटल जित्यो । यसैगरी सन् १९०९ मा एफए कप ट्रफी पनि हात पार्यो । त्यसपछि टिम ओल्ड ट्र्याफोर्डमा आयो । ओल्ड ट्र्याफोर्ड युनाइटेडको होम स्टेडियम हो । 

सफलताका खुड्किला र म्युनिख एअर क्रयास 

दोस्रो विश्वयुद्धपछि म्याट बुस्बीको रेखदेखमा युनाइटेडमा धेरै परिवर्तन आयो । युवा खेलाडीहरुको दिलमा छुट्टै स्थान बनाउन सफल भयो क्लब । यही कारणले युनाइटेड सफल हुँदै गयो । सन् १९५८ लाई म्यानचेस्टर युनाइटेडको इतिहासमा कालो वर्षको रुपमा लिने गरिन्छ । यूरोपियन कपमा रेड स्टार बेलग्रेड विरुद्धको खेलपछि युनाइटेडको टिम इङ्ल्यान्डतर्फ फर्कँदै थियो । 

म्युनिखमा इन्धन भरिसकेपछि हवाईजहाज दुर्घटना भयो, जुन दुर्घटनामा ८ खेलाडी र अरु ३ जना कर्मचारीले ज्यान गुमाए । तर, प्रशिक्षक बाँचे । जिम्मी मर्फिले केयर टेकर म्यानेजरको रुपमा १० वर्ष क्लबमा बिताए । उनले यति राम्रो टिम बनाए कि त्यो टिमले धेरै ठूलो सफलता हात पार्यो । 

क्लबले दुर्घटनायता दुईपल्ट मात्र फर्स्ट डिभिजन लिग जित्यो । दुर्घटनामा बाँचेका भाग्यशाली प्रशिक्षकपछि केही समय प्रशिक्षक बदलिइरहे । टोमी डोचेर्टीले क्लबलाई केही सफलतातर्फ डोर्याए । टोमीपछि उनको ठाउँमा डेभ सेक्सटन आए । सेक्सटन पनि निकै नै राम्रा प्रशिक्षक थिए । केही समयपछि उनलाई रोन एट्किन्सनले विस्थापित गरे । 

एलेक्स फर्गुसनको युग 

क्लबको सफलताको कथाका रचयिता हुन्, सर एलेक्स फर्गुसन । सन् १९८६ मा क्लबले फर्गुसनलाई प्रशिक्षक बनाएको हो । सुरुमा त एलेक्सलाई युनाइटेड ढुंगा चपाएझैं भयो । फर्गुसनको पहिलो सिजन क्लबले निकै खराब प्रदर्शन गर्यो । 

तर, क्लब हारेन । फर्गुसन पनि हारेनन् । तीन वर्षमै एलेक्सले क्लबलाई एफए कप जिताए । अनि सुरु भयो युनाइटेड इतिहासको स्वर्ण युग । त्यसपछि युनाइटेडले २० वर्षसम्ममा २५ वटा प्रमुख ट्रफी जितिसकेको छ र, १३ वटा लिग टाइटल पनि । 

युनाइटेडले सन् १९९४ मा पहिलो पटक डबल च्याम्पियनसिप जित्यो । १९९८–१९९९ सिजन पनि युनाइटेडका लागि खास रह्यो । एफए कप, प्रिमियर लिग र यूईएफए च्याम्पियन्स लिगको ट्रेबल जित्ने पहिलो इङ्लिस क्लबको रुपमा चिनियो युनाइटेड । त्यसपछि युनाइटेडले पालमेइरसलाई पराजित गरेर वर्ल्ड च्याम्पियन्स बनेको थियो । 

युनाइटेडले सन् १९९९ देखि २००१ सम्म लगातार लिग टाइटल जित्यो । १९९९–२००० को सिजनलाई पनि युनाइटेडको विशेष सिजन मानिन्छ । सन् २००३ र २००५ को बीचमा अमेरिकाका व्यवसायी मेलकम ग्लाजरले प्रशस्त पैसामा क्लब किनेर मालिक भए । तर, उनी समर्थकहरुको बीचमा खासै परिचित हुन सकेनन् । 

ग्लाजरले टिम सम्हालेपछि टिममा उथलपुथल आयो । जुन उथलपुथलले टिममा फाइदा पुर्यायो । टिमले अन्तरराष्ट्रिय स्तरमा पनि आफ्ना समर्थक बढायो । सन् २०१३–२०१४ मा युनाइटेड विश्वको सबैभन्दा बढी कमाउने क्लबमा पर्न सफल भयो । 

यसैगरी सन् २०१५ मा तेस्रो मूल्यवान क्लबको रुपमा परिचत भयो । अनि यसैगरी युनाइटेड सन् २०१५ मा नै १.२ बिलियन डलरको मूल्यवान क्लब बन्न पुग्यो । धेरै क्षेत्रमा युनाइटेड आफ्नो ब्रान्डलाई बढाउन लागि परिरहेको छ । युनाइटेड विश्वको अति नै सफल फुटबल क्लबको रुपमा स्थापित भइसकेको छ । 

फर्गुसनपछिको समय 

सर अलेक्स फर्गुसनले १९८६ देखि २०१३ सम्म युनाइटेड सम्हाले । उनले छाडेपछि क्लबले एउटा पनि लिग जित्न सकेको छैन । उल्टै फितलो प्रदर्शनले फुटबल समर्थकको बीच बद्नाम भएको छ । 

उनीपछि डेबिड मोयस, लुइ भान गाल, जोसे माउरिन्होलगायत प्रशिक्षकले क्लब सम्हाले तर, केही सफलता हात पार्न सकेनन् । 

अहिले युनाइटेडले आफ्नो विरासत बिर्सिएको जस्तो छ । एकपछि अर्को खराब प्रदर्शपछि माउरिन्हो पनि बर्खास्त भए । क्लबलाई खेलाडीहरुले पनि रुचाएका छैनन् । कारण– शीर्ष ४ मा परेर च्याम्पियन्स लिग पनि क्लबले खेल्न सकेको छैन । 

त्यसपछि प्रशिक्षणको जिम्मेवारी सम्हाले युनाइटेडले ट्रेबल जित्दाका नायक ओले गुनार सोल्सायरले । तर, प्रदर्शन राम्रो गर्न सकिरहेका छैनन् । तर, युनाइटेडको जोश बोकेका प्रशिक्षकले आगामी दिनमा क्लबलाई अर्को उचाइमा पुर्याउने अपेक्षा समर्थले गरेका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *