भन्सारै रित्याउने गरी राजस्व हिनामिना

काठमाडौं, १३ साउन । विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सो धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतले नासु गुप्ताको तीन वटा मुद्दामध्ये सरकारी कागजात लुकाई भ्रष्टाचार गरेको अभियोगमा १ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।नासु गुप्ताले आफ्नो अनियमिततासम्बन्धी कर्तुत लुकाउन गोप्य सरकारी कागज नष्ट गर्ने प्रयास गरेका थिए । कलैयाबाट सरुवा भएपछि राजस्व रसिद, लिखित दर्ता किताबसहित महŒवपूर्ण कागजात चालक नीरजकुमार गुप्ताको डेरामा लुकाएका थिए । गुप्ताको डेरामा छापा मारेर अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको थियो । त्यस्तै, मालपोत कार्यालय कलैया र सिमराबाट ७ करोड ९ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर अपचलन गरेको दुई वटा मुद्दामा धरौटी माग्ने आदेश भएको छ । कलैयामा रहँदा राजस्व छली गरेको अभियोगमा नासु गुप्तालाई २५ लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको छ । उनले कलैयामा रहँदा नक्कली रसिद बनाएर २ करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैयाँ राजस्व हिनामिना गरेका थिए ।सक्कली रसिदबाटै संकलन गरिएको राजस्वसमेत व्यक्तिगत खातामा जम्मा गरेका थिए  । २० कात्तिक २०७४ देखि २८ साउन २०७५ सम्म उठाइएको राजस्व हिनामिना गरेको खुलेको छ । राजस्व हिनामिनाको तेस्रो मुद्दामा सिमरा मालपोत कार्यालयमा रहँदा आठ महिनामा ४ करोड ५८ लाख ७१ हजार २० रुपैयाँ अनियमितता गरेको अभियोगमा ६० लाख रुपैया धरौटी माग्ने आदेश गरेको छ । मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा साउनदेखि १२ फागुनसम्मको सबै राजस्व उनले व्यक्तिगत खातामा जम्मा गरेका थिए । अख्तियारले छानबिन थालेलगत्तै उनी भागेका थिए ।हजयात्रा टिकटमा भ्रष्टाचार गरेको अभियुक्त दाउदसँग ५ लाख धरौटी मागविशेष अदालते हिना ट्राभल्स एन्ड टुर्सका सञ्चालक दाउद हुसेनलाई ५ लाख धरौटी माग्ने आदेश गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हजयात्रामा जाने टिकटमा हिनामिना गरेको आरोपमा सञ्चालक दाउदमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटी माग्ने आदेश गरेको हो । ३८ लाख रुपैयाँ बिगो कायम गरी जरिमाना र जेलसजाय गर्न अख्तियारले माग गरेको थियो ।२०७४ सालमा सार्वजनिक खरिद ऐनविपरीत हजयात्रीका लागि मक्कामदिना जानेआउने हवाई टिकटका लागि दोस्रो कम अंक कबोल गर्ने हिना ट्राभल्स एन्ड टुर्सको बोलपत्र स्वीकृत गरी ३८ लाख रुपैयाँ अनियमितता गरेकाले मुद्दा दायर गरेको थियो । युनिभर्सल टुर्स एन्ड ट्राभल्सले ८८ हजार ९ सय ९५, हिना ट्राभल्स एन्ड टुर्सले ९० हजार र सिलिंक्स ट्राभल्स एन्ड टुर्सले ९५ हजार ३ सय रुपैयाँमा प्रतियात्रु हवाई टिकट उपलब्ध गराउने बोलपत्र पेस गरेकामा हज कार्यसम्पादन उपसमितिका पदाधिकारी र हज समितिको सचिवालयका सदस्य सचिवले कानुनविपरीत दोस्रो बढी रकम कबोल गरेको हिना ट्राभल्स एन्ड टुर्सको प्रस्ताव स्वीकृत गरी ३८ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।सार्वजनिक खरिद ऐनमा सबैभन्दा कम रकम कबोल गरेको कम्पनीको प्रस्ताव स्वीकृत गर्नुपर्ने प्रावधान छ । ‘२०७४ सालमा हजयात्रीका लागि हिना ट्राभल्स एन्ड टुर्सको सट्टा कम रकम कबोल गरेको युनिभर्सल टुर्स एन्ड ट्राभल्सको हवाई टिकट खरिद गरेको भए ३८ लाख रुपैयाँ कम पथ्र्यो । अख्तियारले दायर गरेको मुद्दामा हज कार्यसम्पादन उपसमितिका पदाधिकारी, सचिवालयका सदस्य सचिव र लेखापालले मिलेमतोमा दोस्रो बढी रकम कबोल गरेको हिना ट्राभल्स एन्ड टुर्सको हवाई टिकट खरिद गरेर ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दर्ता गरेको थियो । आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =