राप्तीमा वोयर जातका बोका वितरण

असार २५, चितवन । व्यवसायिक रुपमा वाख्रापालन गरिँदै आएको राप्ती नगरपालिकामा बोयर जातको बोका वितरण गरिएको छ ।
राप्ती नगरपालिका पशु सेवा शाखाले बुधबार नगरका विभिन्न वडामा रहेका सहकारी तथा समुहलाई ५ वटा उन्नत जातको बोयर बोका वितरण गरेको हो ।
null
राप्ती १ स्थित एकता कृषि तथा वाख्रापालन समुह,राप्ती ६ स्थित मुडाभार चौधरी बाख्रापालन समुह,राप्ती १० र ११ स्थित कमिनचुली महिला बचत तथा ऋण सहकारी संस्था, राप्ती ११ कै थाकलटार वाख्रापालन समुहलाई एक एक वटा बोका वितरण गरिएको राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए ।
राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा,राप्ती १ का वडाध्यक्ष सिद्धलाल स्यानतान, राप्ती ५ की वडाध्यक्ष मेनुका पाठकको उपस्थितीमा सहकारी तथा समुहका प्रतिनिधीहरुलाई बोका वितरण गरिएको थियो ।
एउटा बोकालाई २० हजारमा खरिद गरिएको जनाइएको छ । बोका वितरण गर्दै उपप्रमुख लामाले नगरपालिकाले प्रदान गरेको बोकाको सही सदुपयोग गर्दै व्यवसायिक रुपमा वाख्रापालनलाई विस्तार गर्न किसानहरुलाई आग्रह गरे ।
पशु सेवा शाखा प्रमुख भण्डारीका अनुसार वोयर जातबाट उत्पादन भएका खसी, बोका दैनिक २ सय ग्राम वढ्दछ । राप्तीमा व्यवसायिक फर्मको एकिन तथ्यांक नभएपनि करिव ३५ हजारको संख्या बाख्रा, खसी रहेको अनुमान छ ।








