वीपी प्रतिष्ठानका पूर्व उपकुलपतिसहित ८ जनाविरुद्ध १६ करोडको भ्रष्टाचार मुद्दा

 

असार ३०, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति बिपी दाससहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वीपीका उपकुलपति दाससहित ८ जनाविरुद्ध १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै सोमबार अदालतमा आरोपपत्र दायर गरेको हो। 

null

अख्तियारले विशेष अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानासहित बिगो रकम असुलको मागदाबी सहित मुद्दा दर्ता गरेको हो। 

अख्तियारले सबैभन्दा बढी पूर्व उपकुलपति बिपी दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख गरेको छ । 

त्यस्तै अस्पतालका तत्कालिन निर्देशक अरविन्द कुमार सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय १९, रजिष्ट्रार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय पाँच, लेखा प्रमुख दिनेश राज दाहालले २ करोड ३४ लाख ८१ हजार ८ सय १९, डेपुटी म्यानेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । 

प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले ऐन विपरीत बदनियतपूर्वक गैरकानुनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पुर्याएका कारण मुद्दा दर्ता गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

यस्तै उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्रालीरवायोमेड इन्टरनेसनलका प्रोपाइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्विकेम डिस्टिव्युटर्सका प्रोपाइटर उमेश अग्रवालले क्रमश १ करोड ४ लाख र ६० लाख ३७ हजार रकम भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *