कतै बाढी कतै पहिरो: सुनसरी डुबानमा, तीन दिनसम्म अति सतर्क रहन मौसमविद्को आग्रह

 

असार २७, काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण आएको बाढीले सुनसरी, रौतहट लगायतका जिल्लाका बस्तीहरु डुबानमा परेका हुन् । 

सुनसरीको हरिनगरा गाउँपालिका–५ स्थित सुकसेना गाउँमा रहेका ६० घर डुबानमा परेपछि त्यहाँका स्थानीयलाई सुरक्षित बनाउन हरिनगर–४ मा रहेको श्री मावि स्कुल वसन्तपुरमा सारिएको प्रहरीले जनाएको छ । 

null

उक्त स्थानमा अहिले सइको कमाण्डमा १० जना प्रहरी खटिइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

त्यस्तै पाँचथर, मकवानपुर, पाल्पाका विभिन्न ठाउँमा खसेको पहिरोले त्यहाँको सवारी आवत जावतमा समस्या आएको छ भने धनुषा, चितवन, सिन्धुली लगायतका जिल्लाका विभिन्न ठाउँमा बाढीका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । 

मौसम पूर्वानुमान महाशाखाद्वारा जारी आगामी तीन दिनसम्मको मौसमः 

असार २७ गते (शुक्रबार) 

दिउसोः देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहमा अति भारी वर्षासमेत हुनेछ। देशका केही स्थानमा हावाहुरीको सम्भावनासमेत छ । 

रातिः देशभर अधिकांश बदली रही धेरैजसो स्थानमा वर्षा हुनेछ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ । देशको केही स्थानमा हावाहुरीको सम्भावना पनि छ । 

असार २८ गते (शनिबार) 

दिउँसोः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना छ । 

रातिः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना छ । 

असार २९ गते (आइतबार) 

दिउसोः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ । 

रातीले देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा समेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भू–भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएको उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ। 

बिहान ७ बजे देखि १०ः५० सम्मका विपद्का घटनाहरु 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *