यौनधन्दाको आरोपमा ९७ पक्राउ

 

फाेटाे फाइल 

असार ३०, चितवन । चितवन प्रहरीले यौन कार्य र यौन व्यवसायमा संलग्न रहेको आरोपमा ९७ जनालाई नियन्त्रणमा लिएको छ । 

null

जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई सोमवार पक्राउ गरिएको हो । यौनजन्य तथा सामाजिक विकृती विरुद्धको कारवाही अर्न्तगत जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानका होटलहरु, लज, रेस्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

शंकास्पद अवस्थामा पक्राउ पर्नेहरुमा ४३ जना महिला ,४२ जना पुरुषको जोडी र १२ जना होटल संचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए । 

पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको उनले वताए । जिल्ला प्रहरी कार्यालयले होटल व्यवासयी संघको समन्वयमा होटल, रेस्टुरेन्ट, लज, डेटिङ स्पटहरुमा चेकजाँच तथा खानतलासी गरिएको थियो । जिल्लाको शान्ती सुरक्षा र विकृती नियन्त्रणका लागि समुदाय प्रहरी साझेदार कार्यक्रम अर्न्तगत यो अभियान संचालन गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *