क्यान्सर रोग के हो ? यसका लक्षणहरु

 

साउन १४ ।  क्यान्सर एउटा प्राणघातक रोग हो । क्यानसरलाई समयमै ख्याल गरेन भनेर क्यान्सर फैलंदै गएर अकालमा धेरै व्यक्तिको मृत्यु हुने भएकोले यसलाई प्राणघातक रोग भनिन्छ । क्यानसर बिभिन्न प्रकारका हुन्छन् । 

क्यानसरको उपचार गर्दा धेरै खर्च हुने हुँदा यसको उपचार जो कोहीले पनि गर्न सक्ने क्षमता हुँदैन । दैनिकी क्यान्सरबाट धेरै व्यक्तिहरुको मृत्यु भईरहेको हुन्छ । 

null

हाम्रो शरीर करोडौ सुक्ष्म कोषहरुले बनेको हुन्छ । ती कोषहरूले हाम्रो शरीर बनाउँछन । जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सर हुने हुन्छ । क्यान्सर हुँदा के–के लक्ष्ण देखा पर्छ तल बताईएको छ ।  

– जतिबेला पनि थकान र कमजोर अनुभव गर्नु 

– दुब्लाउँदै जानु वा वजन कम हुनु 

– शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने 

– छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने 

– मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने 

– खाना निल्दा दुख्ने र स्वर फेरिने 

– सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने 

– लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने 

– कारण पत्ता नलागेको ज्वरो आइरहने 

– जतिबेला पनि तनाव हुने । 

– दिशा र पिसावको रंग बदलिनु 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *