कन्चटमा गोली लागि टाउको डुबेको अवस्थामा शव फेला

 

साउन ६, बीरगञ्ज । बारामा भारतिय नागरिक जस्तो देखिने एक युवाको कञ्चटमा गाेली हानेर हत्या गरी फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । 

बाराको सुवर्ण गाउँपालिका वडा नम्बर १ बगही स्थित नहर छेउमा कन्चटमा गोली हानेर हत्या गरिएको उक्त युवाको शव घोप्टो परी नहरको पानीमा टाउको डुबेको अवस्थामा फेला परेको हो । 

null

अन्दाजी २२–२३ वर्ष जस्तो देखिने उक्त युवाको पहिचान भने खुल्न नसकिएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले बताएका छन् । 

उपरीक्षक राठौरका अनुसार कन्चटमा गहिरो घाउ देखिएकाले उनको गोली हानी हत्या गरिएको हुनसक्ने भए पनि गोली प्रहारबाटै उनको हत्या भएको हो भनी यकिनका साथ भन्न भने सकिएको छैन । 

हाल घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *