भारतर्फ ८९ किलो गाँजा लैजाँदै गर्दा चार भारतीय नागरिक पक्राउ

 

साउन १४, काठमाडौं । पर्सा प्रहरीले मंगलबार बिहान ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध भारततर्फ लैजाँदै गरेको अवस्थामा चार भारतिय नागरिक पक्राउ परेको छ । 

प्रहरीले विशेष सूचनाको आधारमा प्रतिबन्धित लागूऔषध ८९ किलो गाँजा भारत तर्फ लैजादैं गर्दा भारतीय नागरिक भारत बिहारका मोतिहारीका नुर महमद हुसेन, असलम आलम साइन, इर्साद साइन र सुनिल साह लाई पक्राउ गरेको हो । 

null

पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए अनुसार आज बिहान ६ः१०को समयमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित ड्राइपोर्ट बहुअरी सडक खण्डमा चेकजाँच गर्ने क्रममा भारतीतय नम्बर प्लेट भएको बीआर ८जी २७७० नम्बरको बलेरो गाडीमा लुकाइराखेको अवस्थामा ८९ गाँजा बरामद गरिएकाे हो । 

लागूऔषधको लागि प्रयोग गरिएको उक्त गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *