काठमाडौँमा भारी वर्षाको कारण चार बेपत्ता

 

असार २७, काठमाडौँ । काठमाडौँमा केही दिन देखी लगातार परेको वर्षाको कारण आएको बाढी र पहिरोमा परी चार जना बेपत्ता भएका छन् । 

शुक्रबार बिहान देखी परेको मुसलधारे पानीको कारण काठमाडौंको मूलपानीमा घरको पर्खाल भत्केर पुरिँदा २ महिला सहित एक बालक पुरिएर ३ जना बेपत्ता भएका छन् ।  

null

पर्खाल पुरिएर बेपत्ता भएकाहरुको खोजीकार्य तीब्र रुपमा खोजीकार्य भईरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ । 

प्रहरीका अनुसार भारी वर्षाको कारण काठमाडौँको कलंकी क्षेत्र डुबानमा परेको छ भने बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर टिप्नलाई बाढीमा हाम्फालेका एक व्यक्ति कलंकीबाट बेपत्ता भएका छन् । 

बिहान देखी परेको भारी वर्षाको कारण काठमाडौँ कलंकीको अधिकाश स्थानको घरभित्र पानी पसेर बिजोग भएको छ भने व्यापारीक भवनहरु समेत डुवानमा परेको छ । 

लगातार परेकाे बर्षाकाे कारण काठमाडौँस्थित सिंहदरबार पूर्वी गेटको पर्खाल समेत ढलेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *