अस्ट्रेलियामा कार दुर्घटनामा परी दुई नेपालीको घटनास्थलमै मृत्यु

 

साउन १२, सिड्नी । आईतबार अस्ट्रेलियामा कार रूखसँग ठोक्किएर दुर्घटना हुँदा दुईजना नेपालीको घटनास्थलमैँ मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 

मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने २२ वर्षीय चालक तथा १९ वर्षीय दुई यात्रुहरूको टाउकोमा चोट लागि घाईते भएको स्थानिय प्रहरीले जनाएको छ । 

null

सिड्नीबाट स्नोई माउन्टेनतर्फ जाँदै गरेको तीब्र गतिमा रहेको कार सडक छोडेर एउटा रूखसँग ठोक्किएपछि कार पल्टिएर उक्त दुर्घटना हुन पुगेको स्थानिय प्रहरी बताउँछन् । 

साउथवेल्स प्रहरीका अनुसार आइतबार स्थानीय समयअनुसार बिहान ३ बजेर ४० मिनेट जाँदा भएको उक्त दुर्घटनापरी घाइते हुनेहरुलाई प्राथमिक उपचारपश्चात् चालक र एक यात्रुलाई थप उपचारका लागि हेलिकप्टरबाट क्यानबेरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । हाल घाइतेहरू खतरामुक्त रहेको जनाएकाे छ ।  

दुर्घटनामा परेकामध्ये भट्टराई, देवकोटा, सुवेदी, कँडेल र घण्डारी थरका युवाहरू रहेको बताइएको छ भने पूरा विवरण प्रहरीले अझै सार्वजनिक नगरेको केही सञ्चारमाध्यमले जनाएका छन् । 

हाल उक्त दुर्घटनाबारे अनुसन्धान भईरेको स्थानिय प्रहरीले जानकारी दिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *