सरकारले पठाएको बजेट गाउँपालिकामा फ्रिज, पाएनन् कटहरीका सुकुम्बासीले घर

 

साउन ८, विराटनगर । गरिब तथा विपन्न परिवारका लागि आएको मोरङको कटहरी गाउँपालिकाको करिब ३८ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । गाउँपालिका र सम्बन्धित वडा कार्यालले कार्यान्वयन गर्न नसक्दा जनता आवास कार्यक्रम अन्तर्गतको २० लाख र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको १८ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । 

आफुहरुको आवास र स्वरोजगारका लागि संघीय सरकारले बजेट पठाएपनि कटहरी गाउँपालिकाले कार्यान्वयन नगर्दा बजेट फ्रिज भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आफुहरुका लागि आएको बजेट फ्रिज भएपछि आक्रोशित बनेका कटहरी गाउँपालिका वडा नं. ३ का जनताले सो गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश बहदुर कार्कीलाई र्याखर्याख पारेका छन् । 

null

‘मेरो एउटा १४ वर्षको छोरा छ, त्यो पनि अपाङ्ग । हामी जस्ताको कमाउने कोही पनि छैन । ओत लाग्ने ठाउँ पनि छैन । घर बनाइदिन बजेट आयो भनेर के गर्नु ? यहाँ गरिदिएनन् । अहिले भन्छ पैसा फिर्ता गयो अरे’ 

सो विषयमा जानकारी लिन खोज्दा सम्पर्कमा नआएपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलाई कार्यालयमै भेटन पुगेका थिए । त्यहाँ पनि कसैलाई नभेटेपछि प्रमुख प्रशासकिय अधिकृत कार्कीलाई बजेट फ्रिज हुनको कारणबारे सोधीखोजी गर्दै र्याखर्याख पारेका हुन् । 

कटहरी गाउँपालिकाका लोकप्रिय युवा नेता मृत्युञ्जय झाको अगुवाईमा पुगेका गरिब, भुमिहिन, असाहय एवम् एकल महिला तथा सुकुम्बासीहरुले बजेट फ्रिज भएकोप्रति आक्रोश व्यक्त गरे । 

 

कटहरी वडा नं. ३ की ६५ वर्षीय श्रद्धा पासवानले आफूहरु वर्षौँदेखि बेघर हुँदै आएको र आफुहरुको आवासका लागि सरकारले बजेट पठाएपनि गाउँपालिकाले फ्रिज गराएको भन्दै आक्रोश पोखिन् । उनले भनिन्, ‘कति बर्ष भइसक्यो हाम्रो घरको छत छैन । सरकारले घर बनाइदिन्छु भन्दा गाउँपालिकालाई किन चिन्ता ? यसमा के जान्थ्यो गाउँपालिकाको ? हामी गरिबले गाउँपालिकाभित्रै घर पाउने थियौँ । बजेट फ्रिज हुनाले घर नै बनेन ।’ 

त्यस्तै सोही वडाकी ६२ वर्षीय एकल महिला महारानी राजवंशीको पनि उस्तै आक्रोश थियो । ‘मेरो एउटा १४ वर्षको छोरा छ, त्यो पनि अपाङ्ग । हामी जस्ताको कमाउने कोही पनि छैन । ओत लाग्ने ठाउँ पनि छैन । घर बनाइदिन बजेट आयो भनेर के गर्नु ? यहाँ गरिदिएनन् । अहिले भन्छ पैसा फिर्ता गयो अरे’, उनले भनिन् । 

पीडितहरुसहित गाउँपालिका डेलिगेसनमा पुगेका युवा नेता झाले लक्षित बर्गका लागि घर र बेरोजगारलाई रोजगारी प्रदान गर्न आएको बजेट फ्रिज हुनु दुःखद् भएको बताए । त्यसको नैतिक जिम्मेवारी गाउँपालिका अध्यक्ष रामकुमार कामतले लिनुपर्ने उनको भनाइ छ । 

‘यी गरिब जनताको घर नबनी किन त्यो पैसा फिर्ता गयो । त्यसको हिसाब किताब जनतालाई दिनुपर्छ । गाउँपालिकाले निर्णय गरेपनि किन घर बनेन ? कसको कमजोरी हो ? फ्रिज भए बराबरको घर कुनै हालतमा बन्नुपर्छ, पन्छिन पाइँदैन ।’ 

उनले गरिब जनताका लागि आएको बजेट उनीहरुकै लागि खर्च हुनुपर्नेमा फ्रिज भएर फिर्ता जानुले सिंगो गाउँपालिकाका जनप्रतिनिधिको क्षमतामा प्रश्न उब्जिएको बताए । 

 

                                                                      वडाध्यक्ष जद्दुलाल कामतनेता झाले जनता आवास कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न परिवारका घर बन्ने बताउँदै सो कार्यक्रम अन्तर्गत ५ वटा घरको २० लाख रुपैयाँ फिर्ता गएकाले सम्बन्धित वडाध्यक्षले यसको नैतिक जिम्मेवारी लिई पीडितहरुको तत्काल आवास निर्माण गरिदिनुपर्ने बताए । 

उनले वडाध्यक्षको कार्यान्वयन क्षमता नभएको र लापरवाहीका कारण बजेट फ्रिज भएको भन्दै त्यसको क्षतिपूर्ती सहित तत्काल आवास निर्माण गर्न प्रशासकीय अधिकृत र वडा नं. ३ का अध्यक्ष जद्दुलाल कामतलाई आग्रह गरे । 

‘मेरै गल्तीले बजेट फ्रिज भएको जस्तो देखिएको छ । त्यो बराबर म नै पुर्ति गर्छु । यो वर्ष तत्काल २ वटा घर बनाउँछु । अरु घरको पनि श्रोत खोजि गरि वडाबाटै बनाउँछु ।’ 

उनले भने, ‘यी गरिब जनताको घर नबनी किन त्यो पैसा फिर्ता गयो । त्यसको हिसाब किताब जनतालाई दिनुपर्छ । गाउँपालिकाले निर्णय गरेपनि किन घर बनेन ? कसको कमजोरी हो ? फ्रिज भए बराबरको घर कुनै हालतमा बन्नुपर्छ, पन्छिन पाइँदैन ।’ 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको बजेट समेत फ्रिज भएको प्रति पनि झाको आपत्ति छ । उनले भने, ‘यहाँ यत्रो बेरोजगारी समस्या छ । स्वरोजगारका लागि बजेट आएको थियो । तर किन फ्रज भयो ? यो वर्ष जे भएपनि आइन्दा यस्तो गल्ती गरिए जनताले क्षमा दिने छैनन् । यतातिर ध्यान जाओस् ।’ 

 

                                                   गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश बहदुर कार्की 

गाउँपालिकामा ढिलो गरि पुगेका वडा नं. ३ का वडाध्यक्ष जद्दुलाल कामतले आफ्नै गल्तीका कारण बजेट फ्रिज भएको स्वीकार गर्दै चालु आर्थिक वर्षमा २ वटा घर तत्काल निर्माण गर्ने र बाँकी घर पनि श्रोत खोजी गरि वडाकै बजेटबाट निर्माण गर्ने प्रतिबद्धता जनाए । 

आक्रोशित जनताको बिचमा घेरिएका वडाध्यक्ष कामतले आफ्नो गल्तीका कारण बजेट फ्रिज नभएको दाबी गरे । उनले भने, ‘मेरै गल्तीले बजेट फ्रिज भएको जस्तो देखिएको छ । त्यो बराबर म नै पुर्ति गर्छु । यो वर्ष तत्काल २ वटा घर बनाउँछु । अरु घरको पनि श्रोत खोजि गरि वडाबाटै बनाउँछु ।’ 

जनताको प्रश्नको जवाफ दिँदै प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कार्कीले जनता आवास कार्यक्रम मार्फत् वडा नं. ३ मा ५ वटा घर निर्माण गर्ने कार्यपालिकाको निर्णय भएर वडामा पठाएको बताए । उनले भने, ‘कार्यपालिकाबाट निर्णय भएर वडामा पुगेको हो ।’ 

यता कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले भने आर्थिक वर्ष समाप्त हुने बेलामा बजेट आएकाले कार्यान्वय गर्न नसकिएको स्वीकर गरे । उनले भने, ‘बजेट अन्तिमतिर अयो । गाउँपालिकाले निर्णय पनि गरेको छ । तर बजेट ढिलो आएका कारण गर्न सकिएन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *