राजनीतिमा ब्यवस्था र ब्यक्ति बदलियो, प्रबृत्ति बदलिएनः चित्रबहादुर केसी

साउन ११, काठमाडाैं । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले देशको बिकासका लागि कानून व्यसायीहरु गोलबद्ध भएर अगाडी बढ्नु पर्ने बताएका छन् । अखिल नेपाल कानून ब्यवसायी संघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह बोल्दै अध्यक्ष केसीले अल्पसंख्यक व्यक्तिले बहुसंख्यक जनता माथी शोषण गर्ने परिपाटी हावी भएको हुँदा निस्पक्ष र विवाद रहित न्यायका लागि सवै कानून व्यसायीहरु गोलबद्ध भएर देशमा सत्य र न्यायको पक्षमा ओकालत गर्नु पर्ने बताएका हुन् । 

अध्यक्ष केसीले राजनीति पार्टीको भागवण्डामा न्यायाधीश र प्रधान न्यायाधीश बनाउने मुलुकमा सत्य र निष्पक्ष न्यायका लागि न्याय नपाए गोरखा जानुपर्ने अवस्था कहिले सम्म रहने ? भन्दै प्रश्न गरे । फरक प्रसंगमा केसीले देशमा कम्युनिस्टको नामा दलाली गर्ने कम्युनिस्टले शासन गर्दैमा देश बिकासको गतिमा नलम्कने जिकिर गरे । ‘‘मन्त्री प्रधानमन्त्री हुनेको मात्र देशमा समृद्ध भएको छ ,९० प्रतिशत जनता गरिबीको रेखामुनी बस्नु परेकाे अवस्था छ, राजनीतिमा ब्यवस्था र ब्यक्ति बदलियो, प्रबृत्ति बदलिएन ।” उनले भने । 

 

null

अध्यक्ष केसीले देशमा विदेशी शक्ति केन्द्रको इसारमा संघियता नेपालीको हित विपरित आएको र अहिले देशमा द्वन्द्व चाहानेहरुले संघियताको घाँडो बोकाएर देशलाई अस्थिर बनाउन खोजिरहेको जिकिर गरे । देशका गरिब जनताहरुलाई करको भारी बोकाएर संमृद्धिको झुटो आस्वासन देखाएको धेरै भएको केसीको भनाई छ । 

मेलम्चीको प्रसंग निकाल्दै अध्यक्ष केसीले राजधानीका सचेत ब्यक्तिहरूलाई केहि नेताहरुले चुनावी नारा बनाउँदै, माछा माछा भ्यागुत्ता गर्छन भने कर्णाली र जुम्ला हुम्लाका ब्यक्तिलाइ कुन हविगत बनाएका होलान् ? भन्दै प्रश्न गरे । 

उनले राजनीति पैसा कमाउने ब्यवसाय भएको प्रति चिन्ता व्यक्त गर्दै शासन व्यक्तिको नभई विधीको हुनु पर्नेमा जोड दिए । निर्मला हत्या काण्ड आज एक बर्ष बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सरकार गम्भिर नरहेको र गृहमन्त्रीले पत्रकार सम्मेलनमा निर्मलाका विषयमा बोलेको हरेक शब्द आपत्तिजनक रहेको उनको तर्क छ । 

हिजो बाट सुरु भएको अखिल नेपाल कानून ब्यवसायी संघको प्रथम राष्ट्रिय सम्मेलन आज शनिवार नयाँ कार्य समित चयन गरि सम्पन्न हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *