मलकाे अभाव हुँदा किसान समस्यामा

 

असार १६, सिरहा । किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । 

धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईंले बताए । 

null

उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी मलको माग रहेकोमा हाल एक बोरा पनि डिएपी मल कृषि सामग्रीको गोदाममा नरहेको प्रमुख चौलागाईंको भनाई छ । 

डिएपी मलको अभाव भए पनि युरिया मल भने पर्याप्त रहेको छ । डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँ गाउँका किसानलाई मलखाद्य बिक्री वितरण गर्दै आएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *