जबर्जस्ती करणीका फरार अभियुक्त ५ वर्षपछी पक्राउ

 

साउन २, हेटौडा । जबर्जस्ती करणी मुद्दाका एक  फरार अभियुक्तलाई पाँच वर्षपछी जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ परेको छ । 

पक्राउ पर्नेमा हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाइँ रहेको प्रहरी जनाएको छ । 

null

२०६९ साल चैत ६ गते जिल्ला अदालत मकवानपुरले र २०७१ साल असार १७ गते पुनरावेदन अदालत हेटौँडाले चौलागाइँलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो । 

अदालतको फैसला सुनेपछी फरार रहेर लुकीछिपी बस्दै आईरहेका चौलागाईलाई मंगलबार हेटौंडा–२ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन् । 

बुधबार पक्राउ परेका चौलागाईलाई जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको प्रहरीले जनाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *