नेकपा बैठक बस्दै, टुंगिएला स्कुल विभागको सकस ?

 

साउन १३, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । 

बैठकमा स्कुल विभागको नेतृत्व लगायत पार्टीका सबै कार्य विभाजन टुंगो लगाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

null

नेकपाभित्र स्कुल विभागको प्रमुख को हुने, को राख्ने भन्ने विषयमा विवाद कायमै छ । पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेल र पूर्व माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठले दाबेदारी गरिरहेका छन् । त्यस्तै, स्थायी समितिबाट घनश्याम भुसाल र वेदुराम भुसालले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । 

स्कुल विभागमा सचिवालय सदस्यका दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । 

नेता घनश्याम भुसालले आइतबार सञ्चारकर्मीहरुसँग दुवै अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’) को कमजोरीका कारण स्कुल विभागको नेतृत्व विवाद टुंगोमा पुग्न नसकेको आरोप लगाएका थिए । पार्टी एकताको भावनालाई ख्याल राखेर कुन विभाग कता पर्छ टुंग्याएको भए यस्तो अवस्था नआउने उनको भनाइ थियो । 

स्कुल विभागको नेतृत्वलाई लिएर तत्कालीन एमाले तर्फका ओली पक्ष र तत्कालीन माओवादी पक्षका बीचमा आआफ्नो समूहका नेतालाई नेतृत्व दिलाउन रस्साकस्सी चलेपछि पर्याप्त छलफल नपुगेको भन्दै बैठक स्थगित हुँदै आएको थियो । हिजो (आइतबार) को बैठक पनि स्थगित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *