विप्लव समूहका नेता पक्राउ

 

असार १७, काठमाडौँ । प्रहरीले विप्लव समूहका एक नेतालाई पक्राउ गरेको छ । विप्लव समूहको नेकपाका रसुवा जिल्ला सदस्य बासु पाठकलाई प्रहरीले पक्राउ गरेको हो । 

उनी पक्राउ परे लगतै विप्लव समूहका रसुवा जिल्ला इन्चार्ज कविन्द्रले एक विज्ञप्ति जारी गर्दै पाठकलगायतलाई तत्कालै रिहा गनुपर्ने माग गरेका छन् । 

null

जारी विज्ञप्तीमा शान्तिपूर्ण हिँडडूल गर्न पाउने अधिकारी माथि राज्यले हमला गरेको भन्दै पार्टीमाथि लगाइएको प्रतिबन्धपछि पार्टीमाथि दमन तीब्र पारिएको आरोप समेत लगाइएको छ । 

यस्तो क्रियाकलाप तत्काल रोक्न अनुरोध गर्दै अन्यथा प्रतिरोध गर्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पक्राउ परेका पाठकलाई पार्टीको कामले काठमाडौं जाँदै गर्दा असार १५ गते बाटैबाट प्रहरीले नियन्त्रणमा लिइएको हो । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *