यस्ताे अवस्थामा प्रयाेग हुन्छ आकस्मिक गर्भ निरोधक चक्की

 

साउन ९ ।  आकस्मिक गर्भ निरोधक भन्नाले असुरक्षित यानै सम्पर्क भएपछि गर्भवती हुनबाट बच्नका लागि मात्र प्रयोग गर्ने साधन हो । नेपालमा ३ किसिमका आकस्मिक गर्भ निरोधका चक्कीको प्रयोग हुने गरेको छ । 

मिश्रित खाने चक्की 

null

असुरक्षित यौन सम्पर्क भएको १ सय २० घण्टाभित्र प्रयोग गर्नुपर्छ । पहलिो ४ चक्की खाने र पहिहलोपटक प्रयोग गरेको १२ घण्टापछि पुनः थप ४ चक्की खानुपर्छ । यो चक्कीको प्रयोग गरेमा गर्भवती हुने सम्भावना २ प्रतिशत मात्रै रहन्छ । 

प्रोजेस्टिन मात्र भएको खाने चक्की 

असुरक्षित यौन सम्पर्क भएको १ सय २० घण्टा भित्र १ चक्की खानुपर्छ । पहिलो चक्की प्रयोग गरेको १२ घण्टापछि अर्को १ चक्की प्रयोग गर्ने । 

आईयुसिडी 

असुरक्षित यौन सम्पर्क भएको ५ दिनभित्रै लगाउनु पर्छ । 

कस्तो अवस्थामा प्रयोग गर्ने ? 

– गर्भनिरोधका कुनै पनि विधि नअपनाएको अवस्थामा असुरक्षित यौन सम्पर्क भएमा, 

–साधन गलत तरिकाले प्रयोग गरेको अवस्थमा, 

– कण्डम फुटेमा वा आफै फुस्केमा, 

– योनी बाहिर वीर्य स्खलन गराउन असफल भएमा, 

–संभोग कार्य गर्न नहुने अवधिको गणना गर्न गल्ती गरेमा, 

–भ्यासेक्टोमी प्रभावकारी हुनुभन्दा पहिले असुरक्षित यौन सम्पर्क भएमा, 

– महिला यौन दुराचारको शिकार भएको अवस्थामा । 

स्तनपान गराइरहेकी आमाले गर्भ निरोधको उपायका रुपमा कुनैपनि विधिहरु नअपनाएको अवस्थामा गर्भवती हुने खतरा भएमा आकस्मिक गर्भ निरोधको साधन प्रयोग गर्न सक्छन् । 

आकस्मिक गर्भ निरोधका साधनले हुने असरहरु 

आकस्मिक गर्भ निरोधका साधन प्रयोग गर्ने महिलालाई गर्भ निरोधको चक्की प्रयोग गरेको २ दिनसम्म रगत देखा पर्ने तथा महिनावारीमा गडबडी हुनसक्छ । 

आकस्मिक गर्भ निरोधको चक्की असर यस्ता छन् 

–पेट दुख्ने, 

–वाकवाकी लाग्ने, 

–थकाई लाग्ने, 

–टाउको दुख्ने, 

–स्तनमा छुदा दुख्ने, 

–रिङ्गाटा लाग्ने, 

आकस्मिक गर्भ निरोधका साधन प्रयोग गर्ने महिलाहरुको ३ वा ४ हप्तामा महिनावारी हुनसक्छ । यदी सो अवधिमा महिनावारी नभएमा चिकित्सकको परार्मश लिइ गर्भको परीक्षण गराउनुपर्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =