डा. चौधरी वीपी प्रतिष्ठानको कार्यकारीणी समितिमा मनोनित

धरान, २४ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कार्यकारीणी समितिको सदस्यमा डा. पशुपति चौधरी मनोनित भएका छन् । प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख डा. चौधरी कार्यकारीणी समितिको सदस्यमा मनोनित भएका हुन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन, २०४९ को दफा १० को उपदफा १ ङ बमोजिम प्रतिष्ठानका विभागीय प्रमुखहरु मध्येबाट उपकुलपतिको सिफारिसमा कार्यकारिणी समितिको सदस्य पदमा प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डा. चौधरीलाई मनोनयन गरेका हुन् ।
null
विभागीय प्रमुखको अतिरिक्त डेपुटी अस्पताल निर्देशक, प्रवक्ता लगायत प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापनका लागि गठित विभिन्न समितिहरुमा रही चौधरीले अनुभव बटुलीसकेका छन् ।
डा. चौधरीले प्रतिष्ठानको कार्यकारीणी समितिको सदस्यमा मनोनयन गरिएकोमा खुशी व्यक्त गर्दै आफ्नो पद अनुरुपको कर्तव्य तथा आचरण पालन गरी प्रतिष्ठानको विकास, विस्तार र सञ्चालनमा महत्वपूर्ण योगदान दिने प्रतिवद्धता जनाएका छन् ।








