बाढीले बगाएर ल्याएकाे दाउरा निकाल्न जाँदा युवक बेपत्ता

 

साउन ८, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन् । 

बाढीले बगाएर ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले बगाएर लगेको प्रत्यक्षदर्शीले बताएको रुपनीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

null

दुई दिनदेखिको वर्षाले खाँडो खोलामा बाढी आएको र बाढीसँगै बगाएर ल्याउने दाउरा, काठका मुढा निकाल्ने क्रममा बेपत्ता भएका मियाँको खोजबिन भइरहे पनि हालसम्म पत्ता नलागेको उक्त कार्यालयका प्रहरी उपरीक्षक सुरेश ठाकुरले बताए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *