मेडिकल शिक्षाका लागि कहाँ जाने ?

असार ३१, काठमाडाैं । मेडिकल शिक्षा धेरै विद्यार्थीको रोजाईको विषय भएपनि कमै मात्र विद्यार्थीले पुरा गर्न सक्छन् । खर्चिलो तथा अन्य विषय भन्दा धेरै मेहनत गर्नुपर्ने विषयमा मेडिकल शिक्षा पर्दछ । तथापि, मेहनत गर्नेलाई असंभव भने छैन है । नेपालमै मेडिकल शिक्षा अध्ययन गर्ने अथवा विदेश गएर हासिल गर्ने दुवै अवसर नेपाली विद्यार्थीका लागि छ । 

नेपालबाट मेडिकल शिक्षाका लागि इण्डिया, बंगलादेश, चाइना जस्ता देशहरुमा जान सकिन्छ । नेपालमा वीपीकेआइएचएस, महाराजगंज, चितवन मेडिकल, नेशनल मेडिकल लगायतका शिक्षण संस्थाहरुमा अध्ययन गर्न सकिन्छ । मेडिकल शिक्षा अन्र्तगत, एमविविएस, विडिएस, नर्सिङ, फार्मेसी लगायत पर्दछन् । 

 

null

भारतको कुरा गर्दा भारतमा मेडिकल शिक्षाको गुणस्तर अत्यन्त राम्रो छ । भारतमा अल इण्डिया इन्स्टिच्युट जस्ता ठूला विश्वविद्यालयमा मेडिकल शिक्षा अध्यापन हुने गर्दछ । हरेक वर्ष सयौं नेपालीहरु मेडिकल शिक्षाका लागि भारत जाने गर्दछन् । 

भारतमा मेडिकल शिक्षा पुरा गर्नको लागि करिब करिब एक करोडको हाराहारीमा लाग्न सक्छ । भारतमा नेपाली विद्यार्थीलाई मेडिकल शिक्षा हासिल गर्न भाषा धर्म संस्कृति र खानपानले पनि सहजता प्रदान गर्दछ । भने, तेस्रो मुलुकमा जाँदा जस्तो बढि खर्च पर्दैन । 

भारतपछि मेडिकल शिक्षाका लागि उत्कृष्ट डेस्टिनेशनका रुपमा पर्दछ बंगलादेश । एशियाली मुलुक बंगलादेशमा हरेक वर्ष सयको हाराहारीमा नेपाली विद्यार्थी पढ्न जान्छन् । बंगलादेशको मेडिकल शिक्षालाई विश्व बजारले मान्यता दिएको छ । 

हरेक वर्ष बंगलादेशमा मेडिकल शिक्षाका लागि नेपाल, श्रीलंका, मलेशिया, आस्ट्रेलिया, पाकिस्तान, फिलीपिन्स, माल्दीभ्स र भुटानबाट समेत विद्यार्थीहरु अध्ययनका लागि आउँछन् । बंगलादेशको एमबीबीएसलाई भारतपछिको राम्रो मानिन्छ । नेपाली विद्यार्थीहरूको लागि बंगलादेशमा पढ्नको लागि खाना सहित सांस्कृतिक समानताको थप फाइदा छ । बंगलादेशमा एमविविएस, विडिएस अध्ययन गर्न सकिन्छ । 

चीन, पछिल्लो समय छिमेकी मुलुक चीन गएर मेडिकल शिक्षा हासिल गर्ने विद्यार्थीहरुको सख्या पनि बढेको छ । चीनमा मेडिकल शिक्षा सस्तो र गुणस्तरीय छ । एक दशक यता नेपाली विद्यार्थीहरु चीन अध्ययनका लागि जानेक्रम बढेको छ । चीनमा एमविविएस, विडिएस लिएर अध्ययन गर्न सकिन्छ । कतिपय चाइनिज विश्वविद्यालयले स्कलरशिपको समेत ब्यवस्था गरेका छन् । नेपालको मेडिकल शिक्षालाई सार्क राष्ट्र लगायत विश्वका धेरै मुलुकले मान्यता दिएका छन् । 

विद्यार्थीले जुनसुकै देशमा मेडिकल शिक्षा हासिल गरेपनि नेपाल मेडिकल काउन्सिलले लिने परीक्षा पास गरेपछि मात्र नेपालमा काम गर्न पाइन्छ । त्यसकारण मेडिकल शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले आफु कुन देशको कस्तो विश्वविद्यालयमा गइरहेको छु, राम्ररी बुझेर जान आवश्यक छ । आफ्नो आर्थिक तथा शैक्षिक योग्यता हेरेर दक्ष तथा मान्यता प्राप्त काउन्सलरबाट परामर्श लिएको अवस्थामा कुनै समस्या हुँदैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =