नङको सौन्दर्य बढाउने केही उपायहरु

 

साउन १२ ।  मानिस सुन्दर देखिनुमा हाम्रो हातको नङको पनि ठूलो भूमिका हुन्छ । अनुहारसँगै हाम्रो हातको नङपनि सुन्दर भएमा अझ सुनमा सुगन्ध थपिन्छ । 

हाम्रो सौन्दर्यमा निखार ल्याई दिन्छ । तर हामी मध्ये धेरै मानिसहरु अनुहारको सौन्दर्यमा जति ध्यान दिन्छौँ त्यती हातको सौन्दर्यमा ध्यान नदिने हुन्छौँ । जसरी हामीले हाम्रो अनुहारको सौन्दर्यमा विशेष ध्यान दिई रहेका हुन्छौँ त्यसै गरी हातको सौन्दर्यमा पनि ध्यान दिनु जरुरी हुन्छ यती अनुहार सुन्दर छ र उनको हातकोे नङ नराम्रो घिनलाग्दो छ भने हाम्रो सौन्दर्यमा ह्रास आउँछ । 

null

शरीरका विभिन्न अंगहरु मध्ये नङ पनि एउटा महत्वपूर्ण अंग हो, जसलाई हामी त्यती ध्यान दिदैंनौ र ध्यान नदिएकै कारण हाम्रा नङहरु भाँच्चिने, टुक्रिने तथा आकार घट्दै जाने जस्ता समस्याहरु देखा परिरहेका हुन्छन् । आज हामी तपाईलाई नङको सौन्दर्य कसरी बढाउन सकिन्छ त्यस बारेमा केही बताउँने छौँं । 

ब्रान्डेड नेल पोलिस यदि तपाईं सुन्दर नङ चाहानु हुन्छ भने सस्तो नेल पोलिस प्रयोग गरेर आफ्नो नङलाई नबिगार्नुहोस् । सस्तो नेल पोलिस गुणस्तरहीन रसायनबाट तयार गरिन्छ, जसले तपाईको नङको छालाको पोषणलाई नराम्रो असर पुर्‍याउँछ । त्यसैले राम्रो ब्रान्डको नेल पोलिसको छनौट गर्नु पर्छ । 

हर्बल माक्सको प्रयोगएक कप तातो पानीमा एक सानो चम्चा क्यामोमाइल र पुदीनाको पातलाई एक घण्टा भिजाएर राख्नुहोस् । त्यसपछि त्यो पानीलाई छान्ने र त्यसमा केहि थोपा ओलिभ ओयल र दुई थोपा गहुँको पिठो हालेर राम्रोसंग मिलाउने र पेस्ट तयार गर्ने । यो पेस्टलाई नङंमा लगाउनुहोस् । केहि दिनको प्रयोगले तपाईको नङ सुन्दर र आकर्षक देखिन्छ । 

ओलिभ आयल र कागतीको रसको मिश्रणएक चम्चा ओलिभ आयलमा केहि थोपा कागतीको रस मिसाएर पेस्ट बनाउने । त्यो पेस्टलाई नङमा दलेर केही समयसम्म मजास गर्ने । मजास त्यसबेलासम्म जारी राख्नु पर्छ, जबसम्म उक्त मिश्रण नङको भित्री भागसम्म पुग्दैन । 

नङंको सुरक्षामा नूनटुक्रने समस्या भएका नङका लागि नूनको प्रयोग अति नै उपयोगी मानिन्छ । त्यसका लागि दुई चम्चा नुन, दुई थोपा कागतीको रस र गहुँको बियाँको तेल मिसाउने र त्यसमा मनतातो पानी हालेर राम्रोसँग मिलाउने । उक्त पानीमा हातलाई १० मिनेटसम्म डुबाएर राख्ने । हप्तामा दुई पटक यसो गर्नाले नङ बलियो हुन्छ । 

दूध र अण्डाका बोक्राअण्डाको बोक्रा र दुध मिसाएर पेस्ट बनाउने । त्यसलाई नङमा लगाउने, जसले नङ पोषिलो देखिन्छ । 

भ्यासलिनको प्रयोगभ्यासलिनले छालालाई मात्र नरम बनाउने होइन, यसको प्रयोग नङका लागि पनि उपयुक्त हुन्छ । यसले नङंलाई सुन्दर र स्वस्थ बनाउँछ । 

नङ काट्दा ध्यान दिऔं  धातुको फायलर्स उपयोग गर्नु हुँदैन, यो नङका लागि कडा हुन्छ, एमरी बोर्ड उपयोग गर्नुपर्छ । नङलाई नङको टुप्पाको गुलाफी भागभन्दा टाढा चार भागको एक भाग सेतो खण्डलाई नै काटौं, यसो नभए नङ ठूलो भएर कमजोर हुन्छ । नङको फाइल सधैँ जसो बदल्ने गर्नुस् । सवै नङसम्बन्धी उपकरणलाई सफा र जीवाणु रहित राख्नुस् । नङको टुप्पो अर्थात् सेतो नङ गुलाफी नङको तुलनामा आधा लम्बाइभन्दा ठूलो हुनु हुँदैन नत्र यो धेरै छिटो टुट्छ । नङको क्युटिकल्स ब्याक्टेरियालाई लुनलामा प्रवेश गर्न रोक्छन् । यो नङको जरो र छालाबीचको ठाउँलाई सिल गरेर यो काम गर्छ । यसलाई हटाउँदा नयाँ संक्रमणबाट असुरक्षा बढ्छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *