बालिकालाई मदिरा सेवन गराई बलात्कार

 

असार २४, सप्तरी । सप्तरीमा एक १४ बर्षिय बालिकालाई मदिरा सेवन गराई बलात्कार गरिएको छ । 

गत बुधबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ वभनगामाकट्टी स्थित लक्ष्मीवल्लभ नर्सिङ माविको निर्माणाधीन भवनमा मजदुरी गर्ने बालिकाको बलात्कार भएको स्थानियबासीले जानकारी दिएका छन् । 

null

बलिकालाई मदिरा सेवन गराई बलात्कार गर्नेमा त्यस विद्यालयका कार्यालय सहयोगी शिवशङ्कर मण्डल र एक मजदुर रहेको र हाल उनीहरु फरार भएकाे  प्रहरी नायब उपरीक्षक भावेश रावलले जानकारी दिएका छन् । 

तर हालसम्ममा यस विषयमा बलात्कृत बालिकाको तर्फबाट वा अन्यबाट कुनै उजुरी नपुगेकोले अनुसन्धान भने नगरिएको तर उजुरीपरेछी अनुसन्धान गरिने उपरीक्षक रावलले बताएका छन् । यस सम्बन्धी उजुरी नपरेपनी फरार रहेका व्यक्तिको खोजीकार्य भने भईरहेको उनले बताए । 

हाल यस घटनाको विषयमा एक महिलाई नियन्त्रणमा लिई सोधपुछ भईरहेको प्रहरीले जानकारी दिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *