पथरीशनिश्चरेमा बस र पिकअप भ्यान ठोक्किदा २ जनाको मृत्यु, ३० घाइते

 

विराटनगर, साउन २ । मोरङको पथरीशनिश्चरे १० मा बस र पिकअप आपसमा ठोक्किदा २ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका २ जना यात्रु रहेको भएपनि नाम र ठेगाना खुलिनसकेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मृत्यु हुने २ पुरुषमध्ये एकजनाको घटनास्थलमै र अर्का एकको नोवेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । 

विहान ९ बजेको समयमा कानेपोखरीको विहीवारेबाट यात्रु लिएर पूर्वतर्फ जाँदै गरेको को.१ ख ४८४२ नम्वरको बस र पथरी बजारको तरकारी बजारबाट पूर्वपश्चिम सडकतर्फ निस्किएको मे.१ च ५३९१ नम्वरको पिकअप एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । 

null

रफ्तारमा रहेका बस र पिकअप ठोक्किदा बस सडकमा पल्टिएको थियो । बस र पिकअपको अगाडीको भाग पूर्णरुपमा कुच्चिएको छ । वसका सवै सिसाहरु फुटेको र अगाडीको चक्का समेत निस्किएको छ । घाइतेहरुलाई तत्काल पथरी हस्पिटल र मोरङ हस्पिटल पुर्याइएको थियो । घाईते मध्ये कानेपोखरी ४ का टीकाराम थापा, कानेपोखरी नारायण चोककी खिलमाया लिम्बू, वडा नम्बर ३ का मित्र दहालका छोरा नाम नखुलेका एकजना गरी १० जनालाई नोवेल र न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । 

 घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यस्तै कानेपोखरी ३ की तारा लिम्बू र अविगेस राई, वडा नम्बर ५ की कविसा दहाल, ४ का शरण राई र नगेन्द्र कार्की, ५ की सीता खतिवडाको पथरीस्थित मोरङ हस्पिटलमा उपचार भइरहेको छ । 

यस्तै झापा हल्दिवारीका टेकबहादुर भुसाल, विर्तामोडका अविशेक कार्की, श्याम कार्की, विर्तामोड ४ का जीवन बराइली, उर्लावारी ५ की इन्द्रमाया गुरुंङ, डीवी माझी, ठेगाना नखुलेका होमबहादुर कटुवाल, प्रविना भट्टराई, सुकदेव धिमाल, प्रेमबहादुर कार्की, निर्मला गिरीसहित घाइतेको उपचार भईरहेको पथरी अस्पतालले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *