कटहरीका दुई वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र

 

साउन १४, विराटनगर । मोरङको कटहरी गांउपालिकाका दुईवटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । 

गाउँपालिकाको वडा नम्बर २ र ४ मा आजदेखि सञ्चालनमा ल्याइएको केन्द्रको गाउँपालिकाका प्रमुख रामकुमार कामतले उदघाटन गरे । 

null

वडा नम्बर २ मा मुख्य चोकको दक्षिण र वडानम्बर ४ को नयाँबजारमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । केन्द्रमा एक जना हेल्थ असिस्टेन्टको नेतृत्वमा रहने ३ जनाको टोलीले बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छ । 

केन्द्रबाट खोप, परिवार नियोजन, गर्भवती एवम् शिशु जाँच, साधारण प्रसुती, नवजात शिशु सेवा लगायतका विभिन्न १२ प्रकारका सेवा उपलब्ध गराइने कटहरी गांउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कार्कीले जानकारी दिए । 

सो अवसरमा बोल्दै गाउँपालिका प्रमुख कामतले आफ्नै घरदैलोमा सञ्चालन गरिएको केन्द्रबाट अधिकतम लाभ लिन स्थानीयलाई आग्रह गरे । उनले हालका लागि घर भाडामा लिएर स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको भएता पनि छिट्टै आधुनिक भवन निर्माण गरि सबै वडामा स्वास्थ्य सेवा सञ्चालन गरिने जानकारी दिए । 

७ वटा वडा रहेको सो गाउँपालिकाको वडा नम्बर १ र ५ मा स्वास्थ्य सेवा केन्द्र संचालन हुन बाँकी रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eighteen =