तमोर नदीले बगाएर एकै परिवारका तीन बालबालिका बेपत्ता

 

साउन ८, धनकुटा । धनकुटामा तमोर नदीले बगाएर एकै परिवारको ३ बालबालिका बेपत्ता भएका छन् । 

नदीले बगाएर बेपत्ता हुनेमा धनकुटा नगरपालिका ८ डाँडाटोलका शंख बहादुर राईको ९ बर्षीय छोरा संदिप राई, ७ बर्षीया छोरी सलिना राई र ६ बर्षीय संजिला राई रहेको प्रहरीले जनाएको छ । 

null

प्रहरीका अनुसार श्रावण ५ गते दिउँसो ३ बजे परिवारसहित याक्चाना घाटमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बालबालिकाहरुलाई नदीले बगाएर बेपत्ता भएकाे हो । 

बालबालिकालाई नदीले बगाएर बेपत्ता भएपछी आफन्त र स्थानियबासीले खोजतलास गर्दा नभेटिएपछी बुधबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय धनकुटामा खबर गरिएको थियाे । 

खबर पाए लगतै अन्य सुरक्षा निकायसँग समन्वय गरी बेपत्ता बालबालिकाहरुको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *