वीपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.खनाल नियुक्त, डा. रौनियार अझै टंगालमा

 

धरान, १ साउन । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल नियुक्त भएका छन् । 

उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई घुस/रिसवत सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वतः पदवाट निलम्वनमा परेकाले अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उनलाई निमित्त उपकुलपति पदमा नियुक्त गरेको हो । 

null

निमित्त उपकुलपति भई दैनिक कामकाज गर्ने जिम्मेवारी पाए लगत्तै डा. खनालले प्रतिष्ठानका विभिन्न विभागीय प्रमुख, प्राध्यापक एवम् शाखा÷महाशाखा प्रमुखहरुको बैठक गरी सबैलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्न आग्रह गरेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए । 

प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई गत असार २६ गते प्रतिष्ठान स्थित सरकारी निवासबाटै ८ लाख घुस रकम सहित अख्तियारको टोलीले रगेहात पक्राउ गरेको थियो ।  

उनलाई प्रतिष्ठानमा निर्माणाधिन भवन निर्माणको ठेक्का वापत सेवा ग्राहीसँग कमिसन मागेको आरोपमा ८ लाख घुस रकम समेत पक्राउ गरेको थियो । उनलाई आयोगको केन्द्रिय कार्यालय टंगालमा राखेर अनुसन्धान भइरहेको छ । 

८ लाख घुस रकम सहित रंगेहात पक्राउ परेका वीपी प्रतिष्ठानका उपकुलपति यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालमा छन् । मोवाइल फोन समेत प्रयोग गर्न नदिइ राखिएका डा. रौनियारको केसलाई आउँदो सातासम्म टुँग्याउने गरी काम भइरहेको आयोग स्रोतको दावि छ । 

उनलाई केहि दिन अघि स्वास्थ्यमा समस्या आएको भन्दै वीर अस्पताल स्वास्थ्य परिक्षणका लागि लगिएको थियो । डा. रौनियार माथी एक दर्जन बढि उजुरीहरु परेकोले सो सम्बन्धमा समेत अनुसन्धान भइरहेको छ । प्रतिष्ठानमा उपकुलपति भएर आएपछि उनले एमआरआइ उपकरण खरिद, एमसिएच, अंकोलोजी, कार्डियोलोजी भवन निर्माण, कर्मचारी नियुक्ति, विद्यार्थी भर्नामा समेत चलखेल गरेको आरोप छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *