वीपी प्रतिष्ठानको कार्यकारीणी समितिमा डा. चौधरी मनोनित

 

असार २३, धरान ।  वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कार्यकारीणी समितिको सदस्यमा प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख डा. पशुपति चौधरी मनोनित भएका छन् । 

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन, २०४९ को दफा १० को उपदफा (१) ङ बमोजिम प्रतिष्ठानका विभागीय प्रमुखहरु मध्येवाट उपकुलपतिको सिफारिसमा कार्यकारिणी समितिको सदस्य पदमा प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डा. चौधरीलाई मनोनयन गरेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए । 

null

विभागीय प्रमुखको अतिरिक्त डेपुटी अस्पताल निर्देशक, प्रवक्ता लगायत प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापनका लागि गठित विभिन्न समितिहरुमा रही कार्य गरिसक्नुभएका चौधरीसँग राम्रो प्रशासनिक तथा व्यवस्थापकीय अनुभव रहेको उनले बताए । 

डा. चौधरीले प्रतिष्ठानको कार्यकारीणी समितिको सदस्य जस्तो गरिमामय पदमा मनोनयन गरिएकोमा खुशी व्यक्त गर्दै आफ्नो पद अनुरुपको कर्तव्य तथा आचरण पालन गरी प्रतिष्ठानको विकास, विस्तार र सञ्चालनमा महत्वपूर्ण योगदान दिने प्रतिवद्धता जनाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *