एनएमबि म्युचुअल फण्डले १० प्रतिशतले प्रतिफल वितरण गर्ने निर्णय

 

साउन १२, काठमाडौँ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनएमबि सलभ इन्भेष्टमेन्ट फण्ड –१ र एनएमबि हाइब्रिड फण्ड एल –१ को यस आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको जानकारी गराएको छ । कम्पनीको आईतबार बसेको सञ्चालक समितिको वैठकबाट एनएमबि म्युचुअल फण्ड अन्तर्गत सचालनमा रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –१ का इकाईधनीहरुलाइ आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १५ प्रतिशतका दरल र एनएमबि हाइब्रिड फण्ड एल –१ का इकाईधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १० प्रतिशतका दरल योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको छ । 

null

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –१ 

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन भएको एनएमबि सलभ इन्भेष्टमेन्ट फण्ड –१ ले विगतका तीन आर्थिक वर्षहरुमा इकाईधनीहरुलाई लगातार नगद लाभांश वितरण गरी योजनाले आफनो उदेश्यलाइ पूर्ति गर्दै आइरहेको नै छ । योजनाको परिपक्वता समय नजिकिदै गरेको हुदाँ २०७६ कात्तिक ३ गते पश्चात नै योजनाको लगानीमा रहेका सम्पत्तीहरु, पूंजी तथा नाफालाइ एकै साथ लगानीकर्ताहरुलाई फिर्ता भुक्तान गर्नेछ । 

एनएमबि हाइब्रिड फण्ड एल –१ 

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन भएको एनएमबि हाइब्रिड फण्ड एल –१ नेप्सेमा सूचिकृत भई कारोबार खुल्दा नेप्स १७५९।७१ विन्दमा रहेको अवगत नै छ । तत्पश्चात बजार निरन्तर घटिरहँदा पनि योजनाले जोखिमलाइ व्यवस्थापन गरी इकाईधनीहरुको पूंजीलाई संरक्षण गर्दै आइरहेको छ 

। योजनाले आर्थिक वर्ष २०७५/७६ मा १० प्रतिशतका दरल प्रतिफल वितरण गर्ने निर्णय भएको र आगामी दिनहरुमा पनि योजनाले आफ्नो इकाईधनीहरुलाई प्रतिफल दिद जाने जानकारी गराएकाे छ ।  

एनएमबि म्युचुअल फण्ड अन्तर्गतको तेस्रो म्युचुअल फण्ड योजना “एनएमबि ५०” ले पनि आगामी दिनहरुमा उच्च प्रतिफल हासिल गरी योजनाको उद्देश्य पूर्ति गर्ने  एनएमबिले प्रतिबद्धता गरेकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *