मुसहरले पाए निःशुल्क विद्युतको मिटर

 

असार २५, चितवन । चितवनको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखाले विपन्न समुदायको छनौट गरी  मुसहरले पाए निःशुल्क विद्युतको मिटर  मिटर वितरण गरेको छ । 

टाँडी शाखाले रत्ननगर नगरपालिका वडा नम्वर ७ स्थित मुसहर वस्तीमा बुधवार २३ थान मिटर वितरण गरेको हो । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौडाका निर्देशक रामराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिमान्तकृत समुदायको रुपमा रहेका मुसहरहरुलाई निशुल्क मिटर वितरण गरिएको थियो । 

null

नेपाल सरकारको उज्यालो नेपाल कार्यक्रम अर्न्तगत वडा कार्यालयको सिफारीस पछि प्राधिकरणले त्यहाँ रहेका मुसहरहरुलाई मिटर वितरण गरिएको टाँडी शाखा प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारी दिए । टाँडी शाखाले करिव ३ सय मिटर निशुल्क वितरण गर्ने लक्ष्य लिएको छ । 

मुसहर वस्तीमा विजुलीका लागि आवश्यक तार स्थानीय बाघमारा सामुदायिक वनले सहयोग गरेको रत्ननगर ७ का वडाध्यक्ष लालवहादुर भट्ट राजनले वताए । उनीहरुको सयुक्त रुपमा मिटर रहेपनि केही समय देखी विग्रिएको अवस्थामा थियो । 

पूर्वी चितवनभर सेवा प्रवाह गर्ने टाँडी शाखाको हाल ५७ हजार ५ सय ग्राहक छन् । नेपाल सरकारले आगामी तीन वर्ष भित्र सवैको घरमा विजुली पुर्याउने र सन् २०३० भित्र विद्युतमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *