विश्वकप क्रिकेटमा बेटिङको आरोपमा पक्राउ परेका दुई सार्वजनिक

 

असार ३०, बीरगञ्ज । प्रहरीले आइतबार विश्वकप क्रिकेटमा सट्टेबाजीको आरोपमा पक्राउ परेका दुई युवालाई सोमबार सार्वजनिक गरेका छन् । 

सट्टेबाजीको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिका ७ का ३१ बर्षका आशिषकुमार वर्णवाल र वडा नं.१९ का २१ वर्षका निरज तिवारीलाई प्रहरीले सार्वजनिक गरेको हो । 

null

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए अनुसार विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाइरहेको अवस्थामा वीरगञ्ज महानगरपलिका ६, माईस्थानबाट आइतबार अपरान्ह उनीहरुलाई पक्राउ गरिएको थियाे । 

पक्राउ परेका उनीहरुलाई कारवाहीको लागि अघी बढाई थप अनुसन्धान भईरहेको उपरीक्षक शर्माले जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *