पहिरोले पुरेर एक महिलाको मृत्यु, एक घाइते

 

असार २७, रामेछाप । शुक्रबार बिहान भिषण वर्षाको कारण पहिरोले पुरेर रामेछापमा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाईते भएकी छिन् । 

भिषण वर्षासँगै खसेको पहिरोले पुरेर रामेछाप नगरपालिका–५, रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएकी हुन् भने ४५ वर्षीय असली सुनुवारलाई पानि पहिरोले बगाएर घाइते भएकी हुन् । 

null

घर नजिकैको गोठमा बस्तुभाउलाई घाँस हाल्न गएकी पदमकुमारीसँगै असलीलाइ बगाउँदा असली लाई पहिरोबाट उद्धार गर्न सफल भएपनी पदम कुमारीलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *