बहुविवाहको उजुरी परेपछि कान्छी श्रीमतीसँगै आत्महत्या

काठमाडौं, १५ साउन । बहुविवाहको उजुरी परेपछि एक युवकले कान्छी श्रीमतीसँगै आत्महत्या गरेका छन् । भक्तपुरको बोडेमा कोठा लिएर बसेका सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन तामाङ र रामेछाप बेथानका १८ वर्षीया मंगली घिसिङले मंगलबार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् । 

प्रहरीका अनुसार जीवनकी पत्नी रितु तामाङले साउन ११ गते उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले जीवनलाई अबदेखि रितुसँगै बस्ने, खाने व्यवस्था गर्ने प्रतिबद्धता गराएको थियो । प्रहरी कार्यालयबाट बाहिरिएपछि जीवनले एक हजार दिँदै केही समयमा आउँछु भनेका थिए ।त्यसपछि उनी कान्छी पत्नीसँगै झुन्डेको अवस्थामा मंगलबार फेला परेको प्रहरीले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा सञ्जीव दाहालले लेखेका छन् । घटनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगंज पठाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =