त्रिभुवन विश्वविद्यालयमा विकृति : घूस लिँदै प्रमाणपत्र दिँदै

काठमाडौं, २४ असार । कर्माचार्यले परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई घूस लिएर उत्तीर्ण भएको प्रमाणपत्र दिएको पाइएको छ । घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार्यविरुद्ध सोमबार मुद्दा चलाएको समाचार कान्तिपुर दैनिकमा छ । 

 

उनीसहित भक्तपुर क्याम्पस दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र अर्का एक परिक्षार्थी केदार भट्टराईविरुद्ध पनि मुद्दा परेको छ । कोइरालाले पनिकाबाट मानविकी संकायका तीन विषयमा नम्बर थप्न लगाएर प्रमाणपत्र लिएका थिए । उनी अधिवक्ता पनि हुन् । 

null

परीक्षाको परिणाम फेरबदल गर्न कर्माचार्य र कोइरालाबीच चार लाख ५० हजार रुपैयाँ लेनदेन भएको पाइएको छ । कर्माचार्य पनिका गोप्य शाखाका मानविकी संकायका अधिकृत हुन् । उनको स्नातकोत्तर मानविकी संकायको अर्थशास्त्र, ग्रामीण विकास र सामाजिक शास्त्र विषयको परीक्षाफल प्रकाशनमा नम्बर थपिएको हो । 

‘अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने द्देश्यले अरु परीक्षार्थीको भन्दा बढी नम्बर ल्याउन अनुचित ढंगले नम्बर थपेको पाइयो’, अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘त्यस्ता व्यक्तिलाई २०१९ को विश्वविद्यालयको दीक्षान्त हुँदा प्रथमको हकदार बनाइएको भेटियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =