रंगशाला निर्माणका लागि खैरहनी र रत्ननगरमा सहयोग समिती

 

साउन ८, चितवन । गौतमवुद्ध अर्न्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवनको खैरहनी र रत्ननगर नगरपालिकामा सहयोग समिति गठन गरिएको छ । 

बुधवार दुई नगरपालिकामा आयोजित सर्वपक्षिय वैठकले छुट्टा छुट्टै सहयोग समिति गठन गरेको हो । खैरहनीमा भएको सर्वपक्षिय वैठकले खैरहनीका मेयर लालमणी चौधरीको संयोजकत्वमा १०१ सदस्यीय सहयोग समिति गठन गरिएको छ । जसको उपसंयोजकमा नगरपालिका उपमेयर सुनिता थपलिया, सदस्य सचिवमा उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटालाई चयन गरिएको छ । 

null

समितिमा नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नेपाल कम्युनिष्ट पार्टीबाट ५ जना,नेपाली काग्रेशबाट ५ जना,चेम्वर अफ कमर्स, चितवन उद्योग संघ, पत्रकारहरु, शिक्षण संस्था, सहकारी, कृषि, वन उपभोक्ता समुह, सामाजिक अभियन्ता लगायत सदस्य रहेका छन् । 

यस्तै रत्ननगरमा नगर प्रमुख नारायण वनको संयोजकत्वमा ७१ सदस्यीय सहयोग समिति गठन गरिएको छ । उपसंयोजकमा उपप्रमुख विमला दुवाडी, सदस्य सचिवमा राजाराम रेग्मीलाई चयन गरिएको छ । वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरस्तरका राजनितिक दलहरु, विभिन्न संघसंस्था, पत्रकार लगायतलाई समेटेर समिति गठन गरिएको छ । 

रंगशालाको नेतृत्व गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी,भरतपुर महानगरपालिका मेयर रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता तेजेन्द्र वहादुर खड्का,नेपाली कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ लगायत रंगशाला निर्माणका लागि गठित सचिवालय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती थियो । 

चितवनवासीलाई अपनत्व ग्रहण गराउने गरि जिल्लाका प्रत्येक पालिकामा सहयोग समिति गठनको काम भईरहेको रंगशाला निर्माण सहयोग समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिए । बुधवार खैरहनीसंगै रत्ननगरमा सहयोग समिति गठन गरिएको छ । 

मंगलवार इच्छाकामना गाउँपालिकामा गठन गरिएकोमा विहीवार पूर्वी चितवनको कालिका र राप्ती नगरपालिकामा सहयोग समिति गठन गरिने डल्लाकोटीले वताए 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *