नख्खु खोलाले बगाएर ३८ वर्षिय बस्नेतको मृत्यु

 

असार २८, काठमाडौँ । काठमाडौँमा नख्खु खोलाले बगाएर एक ३८ वर्षिय युवकको मृत्यु भएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १३ का ३८ वर्षिय सुवेश बस्नेत रहेका छन् । 

null

नख्खु पुल छेउमा कोरिडोरमा बसेको पर्खालमा हिँडिरहेका बस्नेत एक्कासी खोलामा खस्न पुग्दा खोलाले बनाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक बस्नेतको शव वडा नम्बर १८ मा फेला पारिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नारायणप्रसाद चिमोरियाले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *