टिपरमा गाँजा तस्कर, गाँजासहित एक जना पक्राउ

 

असार १७, चितवन । चितवनको राप्ती नगरपालिकाबाट प्रहरीले करिव २ सय २० केजी गाँजा बरामद गरेको छ । 

टिपरमार्फत् तस्करी हुन लागेको अवस्थामा इलाका प्रहरी कार्यालय भण्डाराले राप्ती नगरपालिका ४ भवानीपुरबाट सो परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको हो । 

null

ना४ख २२९५ नम्बरको टिपरमा राखेर लैजाने क्रममा विषेश सुचनाका आधारमा मंगलबार बिहान ३ बजेतिर गाँजा बरामद गरिएको हो । 

गाँजासँगै टिपर र चालक हेटौँडा उपमहानगरपालिका ७ का सौगात श्रेष्ठलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । 

प्रहरीका अनुसार राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा उत्पादन भएको सो गाँजा हेटौँडा हुँदै पूर्वतर्फ लैजाने तयारीमा थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *