१ लाख ५० हजार घुस लिएको आरोपमा सब इञ्जिनियर पक्राउ
२०७६ असार १८ गते

असार १७, काभ्रे । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेलका सब इञ्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुस लिएको आरोपमा कार्यालयबाटै सब इञ्जिनियर धनवीर भगवतलाई नियन्त्रणमा लिएको हो ।
null
शिक्षा विभाग सानोठिमी दरबन्दी रहेका भगवत काजमा काभ्रेस्थित मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकाका विद्यालय कार्यक्षेत्र बनाएर काम गर्दै आएका थिए ।
घुस नलिइ कार्यसम्पन्न प्रतिवेदन नदिने भन्दै उनले विद्यालयबाट रकम उठाउँदै आएको गुनासो आएपछि अख्तियारको टोली काभ्रे आएको थियो ।
२०७६ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








